मंगलवार, कार्तिक १०,२०८३ 05:18:29
  • मंगलवार, कार्तिक १०,२०८३ 05:18:29
Global IME Bank Limited

असोज मसान्तभित्र विवरण बुझाए कम्पनीको जरिवाना र शुल्क मिनाहा हुने

Bizshala
असोज मसान्तभित्र विवरण बुझाए कम्पनीको जरिवाना र शुल्क मिनाहा हुने
New Office

काठमाण्डौ । कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका कम्पनीहरूलाई राहत दिने उद्देश्यले सरकारले कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गर्ने विशेष व्यवस्था लागू गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा जारी सूचनाअनुसार, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ बमोजिम कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को वार्षिक विवरण संवत् २०८३ असोज मसान्तभित्र पेश गरेमा विगतमा लागेको वा लाग्न बाँकी सम्पूर्ण जरिवाना, शुल्क तथा दस्तुर मिनाहा हुनेछ।

कार्यालयका अनुसार कानूनले तोकेको समयभित्र वार्षिक विवरण पेश नगरेका, कम्पनी अद्यावधिक नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क तथा दस्तुर नबुझाएका कम्पनीहरूले यस सुविधाको लाभ लिन सक्नेछन्। यस्तो व्यवस्था कारोबार निरन्तर सञ्चालन गर्न चाहने तथा कम्पनी दर्ता खारेज गर्न चाहने दुवै प्रकारका कम्पनीका लागि लागू हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सूचनामा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को विवरण तोकिएको समयसीमाभित्र पेश गरी कानुनबमोजिम लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा विगतका सम्पूर्ण जरिवाना तथा अतिरिक्त दायित्वबाट छुट पाउने उल्लेख गरिएको छ। 

 

Garima Development Bank
Bizshala
IME remit

व्यवसायी तथा कम्पनी सञ्चालकहरूलाई निर्धारित समयभित्र आवश्यक विवरण पेश गरी सरकारले उपलब्ध गराएको छुट सुविधाको लाभ लिन कम्पनी रजिष्ट्रारको कार्यालयले आग्रह गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.