Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

१०० अर्ब डलर क्लबबाट बाहिरिए मुकेश अम्बानी, सबैभन्दा धनी मस्कको सम्पत्ति कति घट्यो ?

Global IME Bank Limited
१०० अर्ब डलर क्लबबाट बाहिरिए मुकेश अम्बानी, सबैभन्दा धनी मस्कको सम्पत्ति कति घट्यो ?
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी १०० अर्ब डलर क्लबबाट बाहिरिएका छन् । मंगलबार उनको कम्पनीको सेयरमूल्यमा गिरावट आएसँगै अम्बानी १०० अर्ब डलर क्लबबाट बाहिरिएका हुन् ।  

कम्पनीको सेयरमूल्यमा आएको गिरावटका कारण अम्बानीको सम्पत्ति २.२४ अर्ब डलरले घटेको छ । यो गिरावटसँगै उनको कुल सम्पत्ति ९९.१ अर्ब डलरमा झरेको छ ।  

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो वर्ष अम्बानीको नेटवर्थमा २.७८ अर्ब डलर थपिएको छ । उनी हाल विश्वको धनाढ्यको सूचीमा १२ औं स्थानमा छन् ।  

यसबीचमा मंगलबार भारतका अर्का धनाढ्य गौतम अडानीको सम्पत्तिमा पनि ३.३८ अर्ब डलरको गिरावट आएको छ । यस वर्ष अडानीको सम्पत्तिमा ६.५२ अर्ब डलरको गिरावट आईसकेको छ ।  

उनी ९०.८ अर्ब डलरका साथ विश्वको धनाढ्यको सूचीमा १४ औं स्थानमा छन् ।  

यो वर्ष सम्पत्ति आर्जन गर्नेमा भने फेसबुकका संस्थापक मार्क जुकरबर्ग सबैभन्दा अघि देखिएका छन् । यो वर्ष उनको सम्पत्ति ११ अर्ब डलरले बढीसकेको छ । उनी विश्वको धनाढ्यको सूचीमा ५ औँ स्थानमा छन् । हाल उनको कुल सम्पत्तिको मूल्य १३९ अर्ब डलर छ ।  

गत वर्ष जुकरबर्गको सम्पत्ति ७२ अर्ब डलरले वृद्धि भएको थियो ।  

विश्वमा सबैभन्दा कम उमेरमा धनाढ्य बनेका जुकरबर्गको मेटा प्लेटफर्ममा १३ प्रतिशत स्वामित्व छ ।

यस  वर्ष विश्वका शीर्ष १० अर्बपतिमध्ये २ जनाको सम्पत्तिमा मात्रै गिरावट आएको छ । फ्रान्सका व्यापारी बर्नाड आरनल्डले सबैभन्दा धेरै अर्थात १७.६ अर्ब डलर गुमाएका छन् । उनी १६२ अर्ब डलरका साथ विश्वको धनाढ्याको सूचीमा तेस्रो स्थामा छन् ।  

त्यस्तै यो वर्ष सम्पत्ति गुमाउने शीर्ष १० धनाढ्यमा एलन मस्क छन् । यो वर्ष उनले १२ अर्ब डलर गुमाईसकेका छन् । धनाढ्यको सूचीमा दोस्रो स्थानमा रहेका जेफ बेजोसको सम्पत्ति भने ४.०८ अर्ब डलरले बढेको छ ।  -एजेन्सी

 


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.