Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कानूनी सुधारले लगानीको वातावरण बन्ने एफएनसीसीआईको दाबी

Global IME Bank Limited
कानूनी सुधारले लगानीको वातावरण बन्ने एफएनसीसीआईको दाबी
Nabil Bank Limited

काठमाण्डौ । लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवद्र्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेश मार्पmत भएको संसोधनको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।  

कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने विश्वास गर्न सकिने बताइएको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘यही बैसाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भुमि सम्बन्धि ऐन लगायतका कानुमा संसोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मुल्यांकन, हदवन्दी लगायतका बिषयलाई सम्बोधन गरेको छ ।’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

महासंघको पहलमा नियमावली बनाई स्टार्टअपको परिभाषा दिने बिषय पनि यस पटकको केहि नेपाल ऐन संसोधनमा परेकोमा महासंघले खुशी व्यक्त गरेको छ । यस अघि परिभाषाको अभावमा स्टार्टअपलाई सुविधा दिन सकिएको थिएन । महासंघले नै नियमावलीमार्पmत परिभाषा खोजे पनि यसपटक सिधै ऐनबाट सम्बोधन हुनु सकारात्मक रहेको जनाएको छ ।  

प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुभावअनुरुप ऐननियममा संसोधन भएको हो । जसमा महासंघको सक्रिय सहभागिता थियो ।  

अध्यादेशबाट पारित कानुनी व्यवस्थालाई संसदले पनि अनुमोदन  गर्ने महासंघको विश्वास छ ।  

यसैगरी संसोधित कानुन कार्यान्वयन हुनेमा महासंघ आशावादी छ । यो सुधार दोस्रो पुस्ताको सुधारका लागि प्रस्थानविन्दु भएको महासंघले विश्वास लिएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.