Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

शाओमीले नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी राख्ने

Hyundai Nepal
शाओमीले नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी राख्ने
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर अझै जारी राख्ने भएको छ । कम्पनीले शाओमी ग्राहकहरुको आग्रहलाई सम्बोधन गर्दै  यो अफर  विस्तार गर्ने निर्णय गरेको जनाएको छ ।  

यस योजनाअनुसार रेड्मी नोट १३ को खरिद गर्ने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क प्राप्त गर्न सक्नेछन् । यस्तै रेड्मी नोट १३ प्रो + ५ जि खरिद गर्ने ग्राहकहरुले भने रेड्मी बड्स ४ एक्टिभ मात्र रु १,६९९ मा वा रेड्मी वाच ३ एक्टिभ रु ३,४९९ मा प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत रेड्मी नोट १३ प्रोको दुवै भेरियन्टहरुमा भने भारी छुटको व्यवस्था गरिएको छ । ८जिबि+२५६ जिबि भेरियन्ट अब नेपाली बजारमा रु ३२ हजार ९९९ मा उपलब्ध छ । जसको बास्तविक बजार मूल्य रु ३४ हजार ९९९ छ ।  

त्यसैगरी, १२ जिबि+५१२ भेरियन्ट रु ३५ हजार ९९९ मै उपलब्ध छ जसको बजार मूल्य रु ३९ हजार ९९९ छ ।  

Shivam Cement
Sagarmatha Cement

नयाँ अफरको बारेमा चर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले  भने,‘हामी आफ्ना ग्राहकवर्गका लागि अफरहरु अझै लामो समयका लागि उपलब्ध गराउन पाउँदा निकै खुसी छौं । रेड्मी नोट १३ मार्फत हामी नविन प्रविधिको पहुँच ग्राहकहरुमा पुर्याउन खोजिरहेका छौं । चाहे  रेड्मी बड्स ४ एक्टिभ को साथउत्कृष्ट अडियो क्वालिटीको मजा लिनहोस् वा रेड्मी वाच ३ एक्टिभ को साथ कनेक्टेड रहनहोस्, हामीले हाम्रा ग्राहकहरूको दैनिक जीवन सहज बनाउने नवीन समाधानहरू प्रदान गर्ने लक्ष्य राखेका छौं।’

रेड्मी नोट १३ सिरिज अन्तर्गत ३ प्रकारका फोनहरु उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि  । ६ जिबि ¥याम + १२८ जिबी स्टोरेज र ८ जिबि ¥याम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामेरासहित उपलब्ध छ । 

त्यसैगरी, रेड्मी नोट १३ प्रोमाइन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, २०० मेगा पिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९अल्ट्रा प्रोसेसर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.