Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

तीन सय ईभी गाडीको र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो सुरु, विद्युतीय सवारी प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा

Global IME Bank Limited
तीन सय ईभी गाडीको र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो सुरु, विद्युतीय सवारी प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा
Nabil Bank Limited

काठमाण्डौ । विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरू भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देशसहित सुरु भएको हो ।  

र्यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । चौथो संस्करणको हिमालयन हाइड्रो एक्सपोको सुरुवात विद्युतीय सवारी प्रवर्द्धन र विद्युत खपत बढाउने सन्देश दिँदै इभी र्याली  आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले  सम्मेलनलाई अझै सार्थक बनाउने विश्वास व्यक्त गरे ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै हाइड्रो एक्सपो अघि सुरू भएको ईभी र्यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रवर्द्धनमा समेत सहयोग पुग्ने मन्त्री बस्नेतले बताए ।  

हाइड्रो एक्स्पो नेपालको विद्यत क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने बस्नेतले विश्वास व्यक्त गरे।

र्याली कमलादीको स्काई वाक टावरबाट सुरू भई सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी हुँदै भृकुटीमण्डपमा गएर समापन भएको थियो । र्यालीमा तीन सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.