बुधबार, कार्तिक ७,२०८१ 08:01:44
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:44
IME remit
Global IME Bank Limited

टीभीएसको रेसिङ डिएनए २०२४ अपाचेको ‘आरटीआर १६०’ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

Hyundai Nepal
टीभीएसको रेसिङ डिएनए २०२४ अपाचेको ‘आरटीआर १६०’ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?
Nabil Bank Limited

काठमाण्डौ । टीभीएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ ।  

नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ । यसको न्यू–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्छ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्छ ।  टीभीएस अपाचे आरटीआर १६० मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर वृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको छ ।

२००५ मा पहिलो पटक लञ्च गरिएको टीभीएस अपाचे, ६० भन्दा बढी देशहरूमा बलियो उपस्थितिको साथ संसारभरि सबैभन्दा छोटो समयमा  प्रख्यात स्पोर्ट्स ब्रान्ड बनेको कम्पनीले दाबी गरेको छ ।  

प्रिमियम, टीभीएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले भने,‘गत वर्ष नेपालको टीभीएस मोटरका प्रिमियम सेग्मेन्टमा साँच्चै उल्लेखनीय थियो, जहाँ हामीले उल्लेखनीय बजार हिस्सा हासिल गरेर महत्वपूर्ण माइल्स्टोन हासिल गरेका थियौं। नेपालमा द्रुत वृद्धि भइरहेको अपाचे ओनर ग्रुपको उत्साह र समर्थन असाधारण रहेको छ, जसमा अहिले विश्वभर ५० लाख भन्दा बढी सदस्यहरू संग्लग्न हुनुहुन्छ जसले टीभीएस अपाचीलाई विश्वव्यापी रूपमा सबैभन्दा रुचाइएको प्रिमियम मोटरसाइकल ब्रान्डको रूपमा स्थापित गरेको छ ।’

Bizshala
Shivam Cement
CG Motors

आरटीआर ओभरस्क्वायर न्यु–जेन इन्जिनद्वारा सञ्चालित, २०२४ टिभिएस अपाचे आरटीआर १६० मा ४ वटा स्ट्रोक, फ्युल–इन्जेक्टेड १५९.७ सीसी सिंगल–सिलिन्डर, दुईवटा भल्ट एसओएचसी एयर–कूल्ड इन्जिन रहेको छ भने यसको पावरहाउसले ८ हजार ५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६ हजार आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्छ ।

डबल–क्र्याडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट  पाँच–स्पीड गियरबक्स र २७० एमएम रोटो–पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ ।

२०२४ टिभिएस अपाचे आरटीआर १६० – म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि ५ वटा रंगहरूमा उपलब्ध हुनेछ । जसको मूल्य रु. ३ लाख ५ हजार ९०० रहेको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.