Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भारतीय बजारमा व्यापक प्रफिट बुकिङ गर्दै विदेशी लगानीकर्ता, एक सातामै बेचे २.४ अर्ब डलरको सेयर

Global IME Bank Limited
भारतीय बजारमा व्यापक प्रफिट बुकिङ गर्दै विदेशी लगानीकर्ता, एक सातामै बेचे २.४ अर्ब डलरको सेयर
Nabil Bank Limited

काठमाण्डौ । विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट गत साता १९ महिना यताकै धेरै रकम निकालेका छन् । भारतीय सेयर बजारमा देखिएको वृद्धिको फाइदा उठाउँदै विदेशी लगानीकर्ताहरुले प्रफिट बुक गर्न अत्यधिक मात्रामा सेयर बिक्री गरेका हुन् ।  

विदेशी लगानीकर्ताले गत एक सातामा मात्रै २.४ अर्ब डलरबराबरको भारतीय सेयर बिक्री गरेका छन् । जुन सन् २०२२ जुन महिनापछिकै सबैभन्दा उच्च हो । यस्तै मंगलबार पनि विदेशी लगानीकर्ताले ३७४ लाख डलरबराबरको सेयर बिक्री गरेका छन् । सोमबार भने भारतीय सेयर बजार बन्द थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो साता हङकङको सेयर बजारलाई उछिन्दै भारतको सेयर बजार ४.३ खर्ब डलरको बजार पूँजीकरणका साथ चौथो स्थानमा उक्लिएको थियो । तर भारतको बजारको यो अग्रता भने लामो समय टिक्न भने सकेन । चिनीयाँ नीति निर्माताहरुले सेयर बजारको उत्थानका लागि राहात प्याकेजको घोषणा गरेपछि हङकङको सेयर बजारले भारतलाई पछि पारेको छ ।  

सन् २०२३ मा विदेशी लगानीकर्ताले भारतीय सेयर बजारमा २१ अर्ब डलरभन्दा बढी रकम लगानी गरेका थिए । जसका कारण भारतीय बजारले नयाँ–नयाँ उचाईहरु चुमिरहेको छ ।  

यदि चीनले सेयर बजारको उत्थानका लागि अघि सारेको राहात प्याकेजले नियामकको कडाई र अमेरिकासँगको तनाव कम गर्यो भने भारतीय सेयर बजारले चीनमाथि बनाईरहेको अग्रता कम हुन सक्ने विश्लेषकहरुले बताएका छन् । 

भारतको बजारले केहि नियमकारी कठिनाईको सामना गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले विदेशी लगानीकर्ता टाढिने सम्भावना पनि विश्लेषकहरुले औँल्याएका छन् । भारतको सेयर बजार नियामक‘सेक्युरिटीज बोर्ड अफ इण्डिया’(सेबी)  कडा आलोचनाका बाबजुत पनि प्रत्यक्ष विदेशी लगानीमा कडा नियमहरु अपनाउन प्रतिवद्ध देखिन्छ ।  

विश्लेषकका अनुसार केहि मुख्य भारतीय कम्पनीहरुको निराशाजनक नतिजाका कारण पनि स्थानिय बजारको मुड थप स्विङ हुने देखिन्छ । भारतका ठूला बैंकहरुको कर्जा प्रवाहमा सुस्तता आएको छ । यस्तै देशकै ठूलो कम्पनी रिलायन्स इन्डिस्ट्रीजले पनि आफ्नो परम्परागत तेल व्यापारबाट केमिकल व्यापारमा हात हालेपछि कम्पनीमा यसको नकारात्मक प्रभाव परेको छ ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.