मंगलवार, असार १७,२०८२ 09:59:34
  • मंगलवार, असार १७,२०८२ 09:59:34
Global IME Bank Limited

नेपालगञ्ज उपमहानगरपालिका १ नं. वडाका मजदुरको बीमा गार्डियन माइक्रो लाइफमा

Hyundai Nepal
नेपालगञ्ज उपमहानगरपालिका १ नं. वडाका मजदुरको बीमा गार्डियन माइक्रो लाइफमा
Nabil Bank Limited

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ कार्यालयबीच लघु जीवनबीमा सम्बन्धी सहमति भएको छ ।  

वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको १ लाख रुपैयाँसम्मको म्यादी लघु जीवन बीम ागरिदिन गार्डियन माइक्रो लाइफसँग सम्झौता गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

गार्डियन माइक्रो लाइफइन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्का र वडाध्यक्ष प्रमोद रिजालले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका नेपालगञ्जका प्रबन्धक लक्ष्मी विष्ट र वडा सचिवभुविन्द्र प्रसाद कँडेलको समेत उपस्थित थियो ।  

सम्झौता अनुसार वडा कार्यालयले सो वडा भित्रका विपन्न वर्गका कामदारको १ लाख रुपैयाँसम्मको बीमा गरिदिनेछ । १८ वर्षदेखि ५५ वर्षसम्मका विपन्न कामदारको बीमा गरिदिने वडाध्यक्ष प्रमोद रिजालले बताए ।  

रिजालका अनुसार १८ वर्ष उमेरको हकमा न्यूनतम २७९ रुपैयाँ र ५५ वर्ष उमेरको हकम ाअधिकतम १ हजार १३५ रुपैयाँ प्रिमियम कार्यालयले तिरेर बीमा गरिदिनेछ ।  

एक लाखको जीवन बीमामा दुर्घटना भएर बीमितको मृत्यु भएको खण्डमा बीमितको हकवाला अर्थात् परिवारले दुई लाख रुपैयाँ र क्रियाखर्च २५ हजार रुपैयाँ पाउने कम्पनीका क्षेत्रीय प्रबन्धक खड्काले बताए ।  

साथै खड्काका अनुसार बीमा अवधि एक वर्षको लागि हुनेछ । सम्बन्धीत निकायले चाहेमा फेरी बीमा गरी अवधि थप गर्न सकिने उनले बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.