Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

लगातार तीन दिनदेखि मध्यब्यान्डमा सपोर्ट लिएको नेप्सेको अबको यात्रा कस्तो ?

Hyundai Nepal
लगातार तीन दिनदेखि मध्यब्यान्डमा सपोर्ट लिएको नेप्सेको अबको यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजार दिनभर सामान्य उत्तारचढाव रह्यो । सुरुवाती समयमा केही अंक बढेको बजार अन्तमा करिब १० अंकले घटेर बन्द भयो ।  

प्राविधिक रुपमा नियाल्दा बोलिङगरको अपरब्यान्डमा शुटिङ स्टार बनेर खसेको बजारले आज मध्यब्यान्डमा शुटिङ स्टार बनाएको छ । यसले बजारमा अन्तिम समयमा बिक्री दवाब परेको बुझिन्छ ।  

भोलुममार्फत नियाल्दा करिब १० अर्ब कारोबारपछि खसेको बजारमा आज करिब ४ अर्बको कारोबार भएको छ । घटेको ६ वटा कारोबार दिनमा भोलुम पनि विस्तारै घट्दै गएको छ । 

Shivam Cement
Sagarmatha Cement

यसले लगानीकर्ता खरिदबिक्री दुवैमा आक्रामक छैनन् भन्न बुझिन्छ । अघिल्लो दिन डोजी स्टार बनेको बजारमा आज सुटिङ स्टार बन्नु भन्ने खासै राम्रो होइन ।  

म्याक्डीमार्फत हेर्दा पनि बजार केही दिन पहिले नै बियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् ।  

आरएसआईमा पनि बजार बियरिस डाइभर्जेन्स बनेको छ । समग्रमा तीनवटै इण्डिकेटरले बजारमा बिक्री दवाब परेको  र आरएसआईमा बियरिस डाइभर्जेन्स बनेको बुझिन्छ ।  

पिभटमार्फत हेर्दा बजार घटेमा पहिलो सपोर्ट २०८६, दोस्रो सपोर्ट २०७५ र तेस्रो सपोर्ट २०६१ मा लिनसक्छ ।  

त्यसैगरी, बढेमा २१११, २१२४ र २१३६ मा प्रतिरोधकाृ सामना गर्नसक्छ ।  

अबको सम्भावना कस्तो ?

आज २०९० बाट खसेको बजार कमजोर बन्दै गएको छ । कारोबार र भोलुमले यसलाई पुष्टि गरेको छ ।  यसकारण बजार केही समय साइडवेजमा जानसक्ने सम्भावना छ ।

(नोट: सेयर बजारको लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कुनै कारोबारको सिफारिस भने होइन ।)

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.