बिहीबार, असार ११,२०८३ 01:22:34
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:22:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एप्पलको पहिलो इलेक्ट्रिक कार सन् २०२८ मा आउँदै, टेस्लाको जस्तै अटोमेशन ड्राइभ फिचर्स हुने

Laxmi Sunrise Bank Limited
एप्पलको पहिलो इलेक्ट्रिक कार सन् २०२८ मा आउँदै, टेस्लाको जस्तै अटोमेशन ड्राइभ फिचर्स हुने

काठमाण्डौ । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो पहिलो इलेक्ट्रिक गाडी‘एप्पल ईभी’ सन् २०२८ मा लञ्च गर्ने भएको छ । यसअघि कम्पनीले एप्पल ईभीलाई सन् २०२६ मा लञ्च गर्ने जनाएको थियो ।  

ब्लूमबर्गको रिपार्टका अनुसार अब भने कम्पनीले लञ्चिङ रणनीति बदल्दै निर्धारित समयभन्दा अगावै कार लञ्च गर्न लागेको हो ।  

 

New Office
CG Motors
Garima Development Bank

रिपोर्टका अनुसार यो कार पुरानो योजना जस्तो सम्पूर्ण रुपमा अटोमेटिक हुनेछैन । अब यो कार सेमी–अटोमेटिक हुनेछ । यसअघि यो कारलाई बिना स्टेरिङ ह्विल लञ्च गर्ने योजना बनाएको थियो । कम्पनीले एप्पल कारलाई टेस्ला र अन्य इलेक्ट्रिक कारको जस्तै लेभल–२ प्रणालीमा विकास गर्न लागेको हो ।  

लेभल ४ को ठाउँमा लेभल २ ड्राईभिङ मोडमा आउनेछ कार

एप्पलका उपाध्यक्ष केभिन लिंचले सन् २०२१ देखि यो प्रोजेक्टलाई नेतृत्व गरिरहेका छन् । लिंचको मार्गदर्शनमा नै कम्पनीले पुरानो रणनीतिमा परिवर्तन गर्न लागेको हो । यसमा ड्राइभरलाई अटोपाइलट प्रणालीका बाबजुत सवारीको समयमा आवश्यक पर्दा नियन्त्रण गर्नका लागि तयार हुनुपर्ने हुन्छ । पहिले यसलाई लेभल ४ अटोनोमीका साथ विकास गर्ने योजना थियो ।  

लेभल २ र लेभल ४ ड्राईभिङ मोड के हो ?

लेभल २ ड्राईभिङ प्रणाली फुल सेल्फ ड्राईभिङ(एफएसडी) प्रणाली हो । यसले एडभान्स्ड ड्राईभिङ असिस्टेन्ट सिस्टम(एडीएएस) मा कार प्राइमरी ड्राईभिङ फङशनलाई सम्हाल्छ ।  

यस्तै,लेभल ४ अटोनोमस ड्राईभिङ प्रणालीमा कार सम्पूर्ण रुपमा अटो ड्राईभ मोडमा जान्छ । अर्थात,यसमा स्ट्रेरिङदेखि लिएर गियर,क्लच,ब्रेकिङ सिस्टम अटोमोटिक हुन्छ । तथापी दुवै ड्राईभिङ लेभलमा चालकले आवश्यक परेमा कारलाई म्यानुअली कन्ट्रोल पनि गर्न सक्छ । अटोमेटिक ड्राईभ मोड लेभल ६ सम्म हुन्छ । यसमा लेभल ६ ुम्पूर्ण रुपमा अटोमेटिक हुन्छ ।  

अटोमेटिक ड्राईभिङको चुनौतिलाई ध्यानमा राखेर गरियो योजना परिवर्तन

यसअघि कम्पनीले आफ्नो ईभीको लञ्चिङ मितिलाई सन् २०१९,२०२० र २०२६ का लागि रि–स्येड्युल गरिसकेको छ । कम्पनीले ड्राईभिङसँग जोडिएका चुनौतिहरु र विश्वव्यापी नियामकसँग जोडिएका विषयलाई मध्यनजर गर्दै लेभल ४ प्लस अटोमेटिकबाट लेभल २ प्लसमा सिफ्ट भएको हो । –एजेन्सी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.