Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सरकारी बैंकलाई अर्थमन्त्रीको सुझाव-'निजी बैंकले जस्तै राति ९ बजेसम्म काम गर्नुस्, नम्बर वान बनिन्छ'

Global IME Bank Limited
सरकारी बैंकलाई अर्थमन्त्रीको सुझाव-'निजी बैंकले जस्तै राति ९ बजेसम्म काम गर्नुस्, नम्बर वान बनिन्छ'
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताए ।  

राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल नआएको बताए ।  

अर्थमन्त्री डा. महतले भने, “हाम्रा आवश्कता धेरै छन् । स्रोत साधन निकै कम छ । खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।”

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा विभिन्न खालका आयोजनालाई धितो मानेर कर्जा दिने प्रवृत्तिको विकास गरिनुपर्नेमा उनको जोड थियो ।  

पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भएपनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उनले बताए  । आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने उनले उल्लेख गरे । सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैङ्कले अपेक्षित प्रगति गर्न नसकेको उनको भनाई थियो ।  

मन्त्री डा. महतले वाणिज्य बैंक नम्बर वान बैंक हुनसक्ने बताए । सार्वजनिक बैंक भएकाले यो नम्बर वान हुन नसकेको उनको भनाइ थियो ।  

यो बैंकलाई नम्बर वान स्थानमा पुरयाउन व्यवस्थापन र कर्मचारीबाट प्रतिबद्ध आउनुपर्छ । उनले भने, ‘त्यसका लागि निजी बैंकले जस्तै व्यवस्थापनले ९ बजेसम्म काम गर्नुपर्यो भने पनि तयार हुनुपर्छ । त्यहाँ यति बेला भन्न पाइँदैन । आज जतिबेलासम्म लाग्छ, त्यत्तिबेलासम्म काम गर्नुपर्छ । बजे भन्ने हुँदैन, अचेल बजे भनेको रिर्फेन्स मात्र हो । ५ बजेसम्म अफिस भनेको त्यो रिर्फेन्स हो । जति समय लागोस् काम पूरा हुनैपर्छ । यो हिसाबले बैंक अगाडि बढ्यो भने ट्रेड युनियनको माग केही पनि होइन ।’

ट्रेड युनियनका नेताहरुले माग मात्रै राख्ने तर समस्या समाधानका लागि कसरी पहल गर्ने भन्नेबारे सुझाव नदिने गरेको अर्थमन्त्रीले बताए ।  

गत आर्थिक वर्षमा बैङ्कको नाफाबाट सरकारले पाँच दशमलव पाँच प्रतिशत लाभांश लिएको उल्लेख गर्दै उनले बढी सेवा सुविधा पाउनुपर्ने कर्मचारीको माग अनुचित रहेको दाबी गरे ।  

डा. महतले बैंकहरू अब ‘प्रोजेक्ट बेस्ड कर्जा विस्तारमा जानुपर्ने  बताउनुभएको छ । उनले ‘ख’ वर्गका बैंकहरूले ‘प्रोजेक्ट वेस’ कर्जा विस्तार गर्नुपर्ने र बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्यामा परेको उनको भनाई थियो । जस्तो पनि धितो राखेर कर्जा प्रवाह गर्नु हुँदैन । ग्राहक जस्तो भए पनि धितोबाट असुल्छु भन्ने सोचले हुँदैन,” उनले भने, “हिजो बैंकबाट गएको पैसा गलत ठाउँमा गयो । राष्ट्र बैंकले कन्ट्रोल गर्‍यो । अहिले केही सुधार भएको छ ।”


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.