मंगलवार, असार ३१,२०८२ 02:41:48
  • मंगलवार, असार ३१,२०८२ 02:41:48
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना

Hyundai Nepal
ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना
Shivam Cement

काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ ।  

शुक्रबार आयोजित उक्त कार्यक्रममा ३०० जनाभन्दा बढी ग्राहकहरुको उपस्थितिथि रहेको थियो। कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्शन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराएका थिए।

उक्त शाखाका शाखा प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराएका थिए ।  

Muktinath Bikas Bank Limited

ग्लोबल आएमई बैंकमा ४६ लाखभन्दा बढी  निक्षेपकर्ताहरु एवं ६० हजार भन्दा बढी ऋणीहरु रहेका छन् । आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा सर्वसुलभ तरिकाले पुर्याउने हेतुले बैंकले विभिन्न किसिमका डिजिटल प्रोडक्टहरु ग्राहकहरुबिच पस्किँदै आइरहेको जनाएको छ ।

यो कार्यक्रम विगत केहि वर्षदेखि यस बैंकका सबैजसो शाखाहरु मार्फत हरेक वर्ष अभियानकै रुपमा सञ्लन हुँदै आएको छ । उक्त कार्यक्रममा बैंकले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी कुनैपनि डिजिटल बैंकिङ सुविधाहरु नलिएका, सुविधा लिएर पनि उक्त सुविधाको भरपुर उपभोग नगरेका तथा नियमित रुपमा उक्त सुविधाहरु प्रयोग गरेका ग्राहकहरुलाई आमन्त्रण गरेको कुरा जानकारी गराइएको थियो ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.