शुक्रबार, श्रावण १,२०८३ 05:26:45
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 05:26:45
Bizshala
Global IME Bank Limited

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा, के होला सेयर बजार ?

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा, के होला सेयर बजार ?
New Office

काठमाण्डौ । बागमती प्रदेश सरकारले भोलि(वैशाख २४ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश सरकारी काम काजको भाषाको रुपमा तामाङ र नेपाल भाषाको शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख २४ गते काठमाण्डौको वसन्तपुरमा एक कार्यक्रमको आयोजनाबीच प्रदेशभर कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषाको शुभारम्भ गर्नेछन् ।

कार्यक्रमको लागि बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यकों संयोजकत्वमा ३० सय ३ सदस्यीय विशेष समारोह समिति निर्माण गरिएको छ ।

सरकारको निर्णय अनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रन्जना)मा लेखिएका राखिनेछन् ।  

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा हुने भएपनि सेयर  बजार भने खुला रहने छ । ‘प्रदेश सरकारले  भोलि सार्वजनिक बिदा दिएता पनि केन्द्रीय सरकारले भने सार्वजनिक बिदा नदिएकाले नेप्से खुल्ला नै रहन्छ ।’ नेप्सेका प्रवक्ता मूराहरि पराजुलीले भने । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.