Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सेयरधनीसँगै सूर्यज्योति लाइफले कर्मचारी पनि बनायो मालामाल, १५७% ले बढ्यो बोनस

Global IME Bank Limited
सेयरधनीसँगै सूर्यज्योति लाइफले कर्मचारी पनि बनायो मालामाल, १५७% ले बढ्यो बोनस
Nabil Bank Limited

काठमाण्डौ। बीमा कम्पनीहरुमा सर्वाधिक लाभांश बाँडेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीहरुसँगै कर्मचारीलाई समेत मख्ख बनाएको छ । कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई ४ करोड ९३ लाख रुपैयाँ बोनस वितरण गरेको छ । यो बोनस अघिल्लो आर्थिक वर्षको तुलनामा १५७.७९ प्रतिशतले बढी हो । आव २०७८/७९ मा कम्पनीले कर्मचारीलाई १ करोड ९१ लाख रुपैयाँ मात्रै बोनस वितरण गरेको थियो ।  

कर्मचारीलाई बाँड्ने बोनससँगै सुर्यज्योति लाइफले कर्मचारीको तलब पनि ३४.३७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष कर्मचारीलाई १४ करोड ८० लाख रुपैयाँ तलब बाँडेको सो कम्पनीले गत वर्ष भने १९ करोड ८९ लाख रुपैयाँ तबल वितरण गरेको छ ।  

त्यस्तै, कम्पनीले कर्मचारीहरुलाई दिने भत्ता पनि ६६.२४ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १० करोड ४ लाख रुपैयाँ यस्तो शिर्षकका लागि छुट्याएको रकम गत वर्षमा भने १६ करोड ७० लाख रुपैयाँ छु्ट्याएको छ ।  

कर्मचारीको स्वास्थ्य तथा दुर्घटना बीमाको लागि कम्पनीले १ करोड २५ लाख रुपैया छुट्याएको छ । यो रकम पनि १११ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कर्मचारीको बीमाका लागि ५९ लाख रुपैयाँ छुट्याएको थियो ।  

यसका साथै कम्पनीले गत वर्ष उपदान कोषमा ४४ लाख ८ हजार, सामाजिक सुरक्षा कोषमा २ करोड ५२ लाख रुपैयाँ, कर्मचारी विदावापत भत्ताका लागि २ करोड ९२ लाख, तालिम खर्चका लागि ७७ लाख र रोजगार अवधि समाप्तिपश्चात् कर्मचारीलाई दिइने लाभ रकमका लागि ७ करोड ६४ लाख रुपैया छुट्याएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, कर्मचारी युनिफर्मको लागि १८ लाख, कर्मचारी विदाईका लागि १९ लाख, कर्मचारी उत्प्रेरणा कार्यक्रमको लागि १ करोड ३८ लाख, आउटसोर्स कर्मचारी खर्चमा १ करोड ५९ लाख र अन्य सुविधाका लागि १५ लाख रुपैयाँ गरी कम्पनीले कर्मचारी सेवा सुविधाका लागि गत वर्षमा कुल ६२ करोड ६२ लाख रुपैयाँ खर्च गरेको छ ।  

यो कुल रकम अघिल्लो वर्षको तुलनामा ७८.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा कम्पनीले कर्मचारी सुविधाका ३५ करोड ३ लख रुपैयाँ खर्च गरेको थियो ।  

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उत्कृष्ट लाभांश दिएर आफ्ना सेयरधनीहरुलाई समेत खुशी बनाएको छ । कम्पनीले गत आवको मुनाफाबाट कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गरेको छ ।


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X