Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

लगानीकर्ता एकजुट बन्न नसक्दा नियामकलाई हाईसञ्चो, ओझेलमा पर्दै माग

Global IME Bank Limited
लगानीकर्ता एकजुट बन्न नसक्दा नियामकलाई हाईसञ्चो, ओझेलमा पर्दै माग
Nabil Bank Limited

काठमाण्डौ । नेपालीमा एउटा उखान छ, भाइ फुटे गवार लुटे । जसको अर्थ आफु–आफुबीचको प्रतिष्पर्धा र फुटको फाइदा प्रतिस्पर्धि वा अन्य तेस्रो पक्षलाई पुग्छ भन्नु हो । यो भनाई अहिले नेपाली सेयर बजारमा समेत चरितार्थ भएको छ ।  

अहिले बजारमा लगानीकर्ताको सम्पति दैनिक घटेको छ । लगानीकर्ता दैनिक ११ बजेदेखि ३ बजेसम्म सम्पति गुमाईरहेका छन् । लगानीकर्ताहरुको हकहित संरक्षण गर्न भन्दै अहिले बजारमा दर्जनौ संघ–संगठन स्थापना भएका छन् । बेला बेलामा यी लगानीकर्ता संगठनबीच महासंघ स्थापनाको समेत चर्चा चल्ने गर्छ । तर विडम्बना के भने यी संगठनहरुले कहिल्यै पनि एक ठाँउमा उभिएर लगानीकर्ताको पक्षमा बोल्न सकेका छैनन् ।  

पछिल्लोपटक केही पुराना लगानीकर्ताका संघहरु खासै सक्रिय भएका छैनन् । केही नयाँ लगानीकर्ता संघहरु पनि आपसमा नै शिशा झै टुक्रिदा नियामकलाई भने   हाई सञ्चो भएको छ । अघिल्लो साता भृकुटी मण्डपमा बजार सुधारको माग गर्दै एकै ठाँउमा उभिएका लगानीकर्ताहरु पनि अहिले एक हुन सकेका छैनन् । लगानीकर्ताहरु दुई खेमामा विभाजित भएका छन् ।  

उक्त आन्दोलनका अगुवा मध्येका एक तीलक कोइरलाले आफूले चाहे जसरी साथीहरु नचलेको र आन्दोलन स्थिगित गरेको भन्दै गएको शुक्रबार नै कमलपोखरीमा छट्टै भेला गरे । उनले नयाँ आन्दोलनको थालनी गर्ने भन्दै सामाजिक सञ्जालमा लेख्ने गरेका छन् ।  

त्यति मात्रै होइन यो आन्दोलनमा अघि सरेका केही लगानीकर्ताबीच नै क्लबहाउसमा विवाद उत्पन्न हुँदा नियामकलाई थप सजिलो बनेको छ । नियामक निकायले लगानीकर्ताबीचको विवादको फाइदा उठाउँदै उनीहरुको माग सम्बोधनमा ढिलाई गरिरहेको पस्टै देख्न सकिन्छ । पुराना लगानीकर्ताका नेता तथा अगुवा लगानीकर्ताहरु नै सामान्य विषयमा एकजुट हुन नसक्दा लगानीकर्ताहरु मिचाइमा परेका छन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताहरु भन्छन्‘हामी साढेको जुधाइ बाच्छाको मिचाइमा पर्यौ । लगानीकर्ताहरुको पक्षमा बोल्छौ भन्ने नेताहरु नै अहिले एक जुट हुन नसक्दा नियामकले पेल्यो ।’

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले नियामक निकायले फुटाउ र राजनीति गर भन्ने नीति लिएको बताए । पाण्डेले भन्छन्,‘हाम्रो लामो समयदेखि लगानीकर्ताहरुको एकै महासंघ हुनु पर्छ भन्ने माग हो । हामी त्यसको लागि तयार छौं । हामी ५ संगठन एक ठाँउमा पनि छौं । अब तीन संगठन पनि एक हुनु आबश्यक छ । होइन भने हामीलाई नियामकले पेलेको पेल्यै गर्छ । आन्दोलमा पनि हामीले साथीहरुलाई आह्वान गरेकै हौं । अझै पनि हाम्रो प्रयास एक भएर सशक्क्त रुपमा अगाडी बढ्ने हो ।’  

त्यस्तै लगानीकर्ता हरि बहादुर केसीले सबै लगानीकर्ताका नेताहरु एक हुनुको विकल्प नरहेको बताए ।  


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X