शनिबार, बैशाख १३,२०८२ 01:02:27
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 01:02:27
IME remit
Global IME Bank Limited

जेठदेखि ब्रोकर कमिसन घटाउने तयारी

Hyundai Nepal
जेठदेखि ब्रोकर कमिसन घटाउने तयारी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी जेठेदेखि लागू हुनेगरी ब्रोकर कमिसन घटाउने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो ।  

सो निर्णयमा सबै सञ्चालकले हस्ताक्षर गर्न भने बाँकी रहेको छ । राष्ट्र बैंकबाट सेबोनमा प्रतिनिधित्व गर्ने धितोपत्र बोर्डका सञ्चालक प्रकाश कुमार श्रेष्ठले ब्रोकर कमिसन घटाउने विषय माईनुटिङ भएको बताए । ‘ब्रोकर कमसिन घटाउने विषयमा माईनुटिङ गर्ने काम भएको छ । कमसिन घटाउने निर्णय सर्वसम्मत भयो भने आगामी जेठेदेखि लागू हुनेछ ।’ श्रेष्ठले भने ।  

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकालमा बोर्डले गत कात्तिक १ गते ब्रोकर कमिसनलाई समय सान्दर्भिक बनाउनका लागि केही घटाउने निर्णय गर्दै अर्थमन्त्रालयमा अनुमोदनका लागि सिफारिस गरेको थियो । तर, त्यो फाइल लामो समयसम्म अर्थमन्त्रालयमै अड्किएको थियो । अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै ब्रोकर कमिसन घटाउने पुरानो सिफारिसलाई अगाडि बढाउन सकिने आशयको पत्र गत साता धितोपत्र बोर्डलाई पठाएको थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

तर धितोपत्र बोर्डले कात्तिकमा गरेको सिफारिसअनुसार ब्रोकर कमिसन घटाउने सञ्चालक समितिबाट समेत निर्णय भएमा लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ भन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने हुन्छ ।  

सेयर लगानीकर्ताले अहिले भने ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथिको कारोबारका लागि ०.२७ प्रतिशत ब्रोकर कमिसन बुझाउँदै आएका छन् ।  

धितोपत्र बोर्डमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य समेत सञ्चालक रहेका छन् । कानून, न्याय मन्त्रालयका सहसचिव दलबहादुर अधिकारी, नेपाल राष्टबैंकका कार्याकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ लगायतका सरकारी अधिकारी समेत धितोपत्र बोर्डमा सञ्चालक रहेका छन् । उनीहरुको भूमिकामा पनि ब्रोकर कमिसन घटाउने निर्णय हुनेरनहुने निर्भर रहेको स्रोत बताउँछ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.