काठमाण्डौ । राष्ट्र बैंकको मौद्रिक नितीको समीक्षा आउन ढिला हुने भएको छ । सेयर बजारका लगानीकर्ताहरुले व्यग्र प्रतिक्षा गरिरहेको राष्ट्र बैंकको म्रौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आउन समय लाग्ने भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाश कुमार श्रेष्ठले दिएको जानकारी अनुसार जेठ महिनाको पहिलो सातासम्म नेपाल राष्ट्र बैंकले समीक्षा ल्याउने तयारी गरेको छ । श्रेष्ठले विभिन्न ठाँउबाट तथ्यांक आउन ढिला हुँदा समीक्षा आउन पनि केहि समय पर्खनुपर्ने बताए ।
राष्ट बैंकले मौद्रिक नीतिले प्रत्येक त्रैमासमा मौद्रिक नीतिले पारेको प्रभावका बारेमा समीक्षा गर्दै आईरहेको छ । पूँजीबजारमा लगानीकर्ताहरुले भने राष्ट्र बैंकको नीतिमा केही हेरफेर हुने अपेक्षा गरेका छन् । लगानीकर्ताले मौद्रिक नीतिको समीक्षामा सेयर बजारलाई प्रभाव पार्ने नीतिमा केहि लचकताको अपेक्षा गरेका छन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                