शुक्रबार, जेष्ठ १,२०८३ 06:33:45
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:33:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महासंघ र पर्यटनमन्त्रीबीच भेट, पर्यटन क्षेत्रमा देखिएका समस्या बजेटमार्फत सम्बोधन गरिने

Laxmi Sunrise Bank Limited
महासंघ र पर्यटनमन्त्रीबीच भेट, पर्यटन क्षेत्रमा देखिएका समस्या बजेटमार्फत सम्बोधन गरिने
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादूर तामाङ्लाई आग्रह गरेका छन्।महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघअन्तरगत कै हवाई तथा पर्यटन समितिका सभापति संयोजकत्वमा गएको उक्त टोलीले मन्त्री तामाङलाई भेटी पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिनुपर्ने माग राखेका थिए।

यसैगरी समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले अहिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ का कारण पर्यटन क्षेत्रमा विदेशी लगानी भित्रन नसक्ने भन्दै त्यसलाई तत्काल समय सापेक्ष बनाई परिमार्जन गर्नुपर्ने बताएका छन्।यसैगरी, चालू आर्थिक वर्षको बजेटमार्फत हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धिकर (भ्याट) लगाउँदा त्यसले नेपालको हवाई क्षेत्र धराशायी हुने अवस्था सिर्जना भएको बताए। ‘अहिले सरकारले हवाई टिकटमा भ्याट लगाउँदा कतिपय नेपाली कम्पनीहरु नै विदेशमा कम्पनी खोल्न पुगेका छन् भने नेपालबाट हवाई टिकट नकाट्दा विदेशी मुद्रा समेत बाहिरिएकोछ,’ उनले भने, ‘सरकारले लिएका यस्ता खालका अव्यवहारिक नीतिका कारण नेपालको पर्यटन क्षेत्र दैनिक रुपमा धराशायी हुँदै गएको छ।’

Bizshala
New Office
CG Motors

यसैगरी, सरकारले तारे होटल तथा लक्जरी रिरोर्टहरुमा पर्यटकसँग अतिरिक्त थप दुई प्रतिशत विलासिता कर लगाउँदा त्यसले विश्वमै नकारात्मक सन्देश गएको र त्यसलाई हटाउनुपर्ने बताएका छन्।यसैगरी, उनले भारतीय पर्यटकलाई आकर्षित गर्न पोखरा अन्तरराष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याइनु पर्ने माग अघि सारेका छन्।

यसैगरी, कार्यक्रममा मन्त्री तामाङले महासंघको तर्फबाट सभापति वस्नेतले राखेका मागलाई आफुले सरोकारवाला मान्त्रालयसँग सहकार्य गरी बजेटमार्फत समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन्। ‘तपाईहरुले जुनमाग अघि सार्नुभएको छ त्यो राष्ट्र र व्यवसायीक हितमा छ,’ उनले भने, ‘सरकारले व्यवसायी र उपभोक्तालाई असर पर्ने काम गर्दैन तसर्थ सरोकारवाला मन्त्रालयसँग छलफल गरी उक्त समस्या समाधान गर्नेछु।’

उक्त कार्यक्रममा महासंघको तर्फबाट उपाध्यक्ष ढकाल, सभापति वस्नेतसहित वरिष्ठ उद्योगपति शशिकान्त अग्रवाल, समितिका सदस्य शिव अधिकारी, पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेयलगायतको उपस्थिती रहेको थियो।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X