बुधबार, कार्तिक ७,२०८१ 08:01:50
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:50
IME remit
Global IME Bank Limited

सहकारीले संकलित पूँजीलाई उचित परिचालन गरेनन्ः रजिष्ट्रार घिमिरे

Hyundai Nepal
सहकारीले संकलित पूँजीलाई उचित परिचालन गरेनन्ः रजिष्ट्रार घिमिरे
Nabil Bank Limited

काठमाण्डौ । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पूँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उनले बताएका हुन ।  

नियमाकीय दृष्टिकोणमाः ‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्ष समिति भनेको सहकारी संस्थाको वाच डगको संज्ञा दिए । लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रुपमा गर्नुपर्ने उनको भनाई छ । सहकारी क्षेत्रलाई समाजवाद उन्मुख अर्थतन्त्र निमार्णको लागि सशक्त आधारशिलाको रुपमा स्थापना गर्नको लागि संविधानले नै अंगिकार गरेको छ । तर अहिले सहकारीमा धेरै समस्या छन् । नीतिगत तथा संस्थागत संरचनामा समस्याहरु धेरै देखिएको उनको बुझाई छ ।  

‘सहकारीमार्फत आर्थिक समृद्धिको सम्भावना प्रसस्तै छ । अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान छ । मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा करिव ४ प्रतिशत योगदान छ । ९३ हजार ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक १४.८१ प्रतिशत लगानी यो क्षेत्रको छ । तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ’ उनले भने ।

सहकारीमा आन्तरिक समस्या धेरै देखिएका छन् । लेखा समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा बहन नगर्ने , बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासिनता , संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सकारीलाई पिरोलिएको घिमिरेले उल्लेख गरे ।

कोभिड १९ सँगै विश्वमा आएको महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, विना धितो कर्जा प्रवाह, कर्जा वर्गिकरणमा प्रभावकारीता नहुँदा, ऋण जोखिमलाई ध्यान पुर्याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उनले बताए ।  

समस्या समाधानका लागि सैद्धान्तिक मूल्य मान्यताप्रति प्रतिवद्ध हुदै, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिले प्रभावकारी रुपमा  आन्तरिक नियन्त्रण गर्दै सहकारी संस्थाका जागरुक सदस्यहरुले खबरदारी गर्नुपर्नेमा घिमिरेको जोड छ ।  

उक्त टिप्पणीकर्ताको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष काशिराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट बिना धिता ५ अर्ब सम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताए ।  

Bizshala
Shivam Cement
CG Motors

अन्धाधुन्ध र खुद्रा पसल जस्तै सहकारी संस्थाको दर्ता दिने प्रकृया रोक्नु पर्छ । यसरी दर्ता भएका सहकारी संस्थाहरुले राम्रा काम गर्ने सहकारी संस्थालाई विस्थापित गरेको दाहालले औल्याए । सहकारी संस्थालाई तीन तहमा नियमन गर्ने व्यवस्था गरिएसँगै सहकारी क्षेत्रमा ठूलो समस्या आएको उनको भनाई छ ।  

त्यस्तै अधिकांश सहकारी संस्थाहरुको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा परिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उनले बताए । उनले भने, ‘लेखा समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ । ’

कार्यक्रममा सहभागिबाट हरेक सहकारी प्रकृति फरक भएपनि मूख्यत कारोबार बचत ऋणको मात्र गरेका कारण सहकारीमा समस्या देखिएको उनको भनाई छ । सात वर्ष पहिले ऐनमा गरको व्यस्था कर्जा असुलि न्यायधिकण, कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष स्थापना नहुनु नै समस्या देखिएको उनले औंल्याए । त्यसैगरी, उक्त प्रस्तुतीको सहजकताकोे रुपमा राष्ट्रिय सहकारी महांसघका वरिष्ठ उपाध्क्ष रमेश पोखरेलले गरेका थिए ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.