मंगलवार, श्रावण ५,२०८३ 04:58:59
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 04:58:59
Bizshala
Global IME Bank Limited

इन्फिनिटी लघुवित्तद्धारा ‘एएमएल/सीएफटी एण्ड क्वालिटी ग्रोथ’ तालिम सम्पन्न

इन्फिनिटी लघुवित्तद्धारा ‘एएमएल/सीएफटी एण्ड क्वालिटी ग्रोथ’ तालिम सम्पन्न
New Office

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेस प्रदेशका ७ वटा जिल्लाका १७ वटा शाखा कार्यालयका कर्मचारीहरुलाई ‘एएमएल÷सीएफटी एण्ड क्वालिटी ग्रोथ’ तालिम प्रदान गरेको छ ।  

संस्थाले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र सिराहा गरि जम्मा ७ जिल्लाका १७ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई उक्त तालिम सञ्चालन गरेको हो । 

उक्त कार्यक्रम वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका अध्यक्ष पन्तले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विषयतथा क्वालिटी ग्रोथका विषयमा सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।  

यसका साथै, उनले लघुवित्तमा फिल्ड कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने बताए ।  

कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उपाय तथा प्रभावकारी असुलिका रणनितीहरुको विषयमा संस्थाका असुलि तथा अनुगमन विभागका विभागीय प्रमुख  नयन देवकोटाले प्रशिक्षित गरेको संस्थाले जनाएको छ ।  

मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्यहरुलाई प्रदान गरिने बीमा सुविधा, कर्मचारी सेवा सुविधा तथा मानव संसाधन विभागसँग सम्वन्धित विषयमा सहजिकरण गरेका थिए ।कार्यक्रम विनायक होटल बर्दिवास महोत्तरीमा सम्पन्न भएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.