मंगलवार, असार १७,२०८२ 08:25:08
  • मंगलवार, असार १७,२०८२ 08:25:08
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा प्रसाई नियुक्त

Hyundai Nepal
प्रभु महालक्ष्मी लाइफको  निमित्त सीईओमा प्रसाई नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् ।

 प्रसाईलाई कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईले राजीनामा दिएपछि सन्तोष प्रसाईलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो । प्रसाई हाल कम्पनीमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।  

उनी कम्पनीको गत असार २९ गते कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।  

यसअघि प्रसाई साविकको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सीईओको रुपमा रहेका थिए । उनी २०७९ जेठ ११ गते प्रभु लाइफको सीईओमा नियुक्त भएका थिए ।  

उनीसँग बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति(हाल बीमा प्राधिकरण) मा सात वर्ष काम गरेको अनुभव छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.