Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रेमिकालाई भित्री सूचनाका आधारमा सेयर किन्न लगाउने ८६ वर्षीय अर्बपति इन्साइडर ट्रेडिङमा दोषि ठहर

Hyundai Nepal
प्रेमिकालाई भित्री सूचनाका आधारमा सेयर किन्न लगाउने ८६ वर्षीय अर्बपति इन्साइडर ट्रेडिङमा दोषि ठहर
Nabil Bank Limited

काठमाण्डौ ।  पारिवारिक ट्रस्ट टोटेनहम हटस्पर फुटबल क्लबको स्वामित्व भएका बेलायतका अर्बपति जो लुइसलाई अमेरिकी अदालतले इन्साइडर ट्रेडिङको लागि दोषी ठहर गरेको छ।

८६ वर्षीय लुइसलाई आफ्नो कम्पनीको जानकारी आफ्ना निजी पाइलट, साथी, व्यक्तिगत सहायक र रोमान्टिक साझेदारहरूलाई दिएको आरोप लगाइएको थियो।

Shivam Cement
Sagarmatha Cement

अमेरिकी अधिकारीहरूले ठगीबाट लुइसले करोडौं डलर नाफा कमाएको बताएका छन्।

लुइस षड्यन्त्र र सेक्युरिटीज ठगीको दुईवटा मुद्धामा दोषी ठहर भएका छन् ।  

लुईसले लगानी फर्म ट्याभीस्टक ग्रुपको स्थापना गरेका थिए । सम्पत्ति, खेलकुद, वित्त, ऊर्जा र जीवन विज्ञान कम्पनीहरूमा यो फर्मको ठूलो स्वामित्व छ ।  

लुईस सन् २०२३ सन्डे टाइम्सको धनाढ्यको सूचीमा ३९ औं स्थानमा थिए । उनको सम्पत्तिको अनुमानित मूल्य ५ अर्ब पाउण्डभन्दा धेरै थियो ।  

उनलाई जुलाई २०२३ मा गिरफ्तार गरिएको थियो र धितोपत्र ठगीको १६ वटा र षड्यन्त्रको तीनवटा मुद्धाको आरोप लगाइएको थियो।

लुईसलाई सन् २०१३ देखि २०२१ सम्म कम्पनीको बोर्ड बैठकको भित्री सूचनाहरु आफ्ना नजिकका व्यक्तिहरुलाई प्रदान गरेको आरोप लगाइएको थियो । यसमार्फत उनले करोडौँ डलर आर्जन गरेका थिए ।  

सन् २०१९ मा कम्पनीको क्लिनीकल परीक्षणको नतिजा आउनु अघि नै लुईसले आफ्नी प्रमिकालाई एउटा बायोटक कम्पनीमा लगानी गर्न सुझाव दिएका थिए ।  

उनले प्रमिकाको बैंक खाता चलाएर त्यस कम्पनीमा ७ लाख डलर लगानी गरेका थिए । जसबाट उनले ८ लाख ४९ हजार डलर मुनाफा आर्जन गरेका थिए ।  

त्यस्तै उनले भित्री सूचनाका आधारमा आफ्ना पाइलटलाई कम्पनीमा ५ लाख डलर लगानी गर्न लगाएका थिए ।   -एजेन्सी

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.