बुधबार, कार्तिक ७,२०८१ 08:01:04
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:04
IME remit
Global IME Bank Limited

उधारो कारोबारले बढ्न सकेन बजार, साताभरि नै राताम्मे

Hyundai Nepal
उधारो कारोबारले बढ्न सकेन बजार, साताभरि नै राताम्मे
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ ।  

यो दिन नेप्से परिसूचक ३.९४ अंकले घटेर २ हजार ८४.०९ विन्दुमा बन्द भएको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६  अंकले घटेर ३७९.४६ विन्दुमा सीमित बन्न पुगेको छ ।  

यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
Shivam Cement
CG Motors

बजार जानकार केशव कोइराला भन्छन्, ‘लगानीकर्ताले उधारोमा कारोबार गर्दा अहिलेको करेक्सन आएको हो । केही समय हिसाब मिलाउँदा करेक्सन भयो । आगामी साताबाट बजार सम्हालिंदै जान्छ, किनकी बुल सुरु भइसकेको छ । बैंकको ब्याजदर घटेको छ । अहिलेसम्म ब्रोकरहाउससँग पैसा आएको थिएन । अब विस्तारै पैसा आउने क्रम सुरु भएको छ । केही कम्पनीले आईपीओबाट पनि पैसा लग्दा बजारमा करेक्सन आएको हो ।'

अर्का बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘केही सेक्टर जस्तो हाइड्रो मात्रै चल्दा बजार माथि उक्लिन सकेन । बैंक तथा वित्तीय क्षेत्रको प्रदर्शन उत्साहजनक भएन । बैंक होल्ड गर्नेहरु निराश भए । सेक्टर रोटेसन नहुनु नै अहिलेको बजार माथि जान नसक्नु मुख्य कारण हो ।' राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने उनको भनाई छ ।  

बिहीबार नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ । आज बैंकिङ, विकास बैंक, वित्त, म्युचुअल फण्ड र व्यापार समूह बढे । यो दिन सबैभन्दा बढी व्यापार समूह ०.५२ प्रतिशतले बढ्यो ।  

यसैगरी, बैंकिङ ०.१९, विकास बैंक ०.१४ वित्त ०.१४ र म्युचुअल फण्ड ०.०८ प्रतिशतले बढे ।

त्यस्तै, यो दिन सबैभन्दा बढी होटल समूह १.०३ प्रतिशतले घटेको  छ भने हाईड्रो ०.०१, लगानी ०.६२, जीवन बीमा ०.४३, उत्पादन तथा प्रशोधन ०.०९ ,लघुवित्त ०.४८, निर्जीवन ०.४३ र अन्य समूह ०.५५ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

यस्तै ङादी पावर कम्पनीको १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

अरुण काबेलीको ९ करोड र अपि पावरको ९ करोड ८ लाख बढीको कारोबार भएको छ ।   

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन सामलिंग पावर कम्पनी लिमीटेडको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । आज मिड सोलु हाईड्रोपावरको सेयरमूल्य ८.७९ प्रतिशत, इन्फिनीटी लघुवित्तको ८.१२ र नेपाल हाईड्रो डेभलपर्सको सेयरमूल्य ७.०१ प्रतिशतले बढ्यो ।  

आज सिटिजन म्युअल फण्ड २ को मूल्य सर्वाधिक घटेको छ । यसको मूल्य ५.०३ प्रतिशतले ओरालो लाग्यो ।  

त्यस्तै धौलागिरी लघुवित्तको ४.३५ प्रतिशत, महुली लघुवित्तको ४.१० प्रशितत, तेह्रथुम पावरको ४.०५ प्रतिशत र सेञ्चुरी डिबेन्चर २०८८ को ३.८४ प्रतिशतले मूल्य घटेको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.