काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४ विन्दुमा कायम भएको छ ।
नेप्सेमा रहेका १३ उपसमूहमध्ये ४ समूहमा हरियाली छाएको छ भने बाँकी ९ उपसमूह राताम्यभएका छन् । बीमा समूहका दुईवटै समूह घटेका छन् । जीवन बीमा समूह ०.४३ प्रतिशत र निर्जीवन बीमा समूह ०.४३ प्रतिशतले घटेको छ ।
बीमा कम्पनीहरुमा आज सर्वाधिक सेयरभाउ बढ्नेमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६१ प्रतिशतले बढेर ८२७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेनसको ०.६८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.६६ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.४६ प्रतिशत, नेशनल लाइफको ०.२८ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.१९ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज सर्वाधिक गुमाउने तथा सेयरभाउ घट्ने बीमा कम्पनीमा सानिमा जिआइसीको ३.१४ प्रतिशतले घटेर ५३४ रुपैयाँ ५० पैसा कायम भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै खालको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.१८ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.५५ प्रतिशत, सुर्यज्योति लाइफको १.५४ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.२९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १.१९ प्रतिशत, आइएमई लाइफको १.११ प्रतिशत, एनएलजीको ०.९९ प्रतिशत, सिटिजन लाइफको ०.८८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५८ प्रतिशत, एशियन लाइफको ०.३७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३५ प्रतिशत, नेपाल लाइफको ०.३२ प्रतिशत, हिमालयन लाइफको ०.२२ प्रतिशत, सलिकोको ०.१६ प्रतिशत, एलआइसी नेपालको ०.१४ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको ०.१२ प्रतिशतले सेयरभाउ घटेको छ ।
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा दुई बीमा कम्पनी परेका छन् । हिमालयन रिको सर्वाधिक २८ करोड ६७ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको ७ करोड ६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                