• आईतवार, भाद्र २९,२०८२ 02:19:16
Global IME Bank Limited

विन नेपाल लघुवित्त ४७.७८ लाख घाटामा, खराब कर्जा अनुपातमा उल्लेख्य कमी

Hyundai Nepal
विन नेपाल लघुवित्त ४७.७८ लाख घाटामा, खराब कर्जा अनुपातमा उल्लेख्य कमी

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४७ लाख ७८ हजार रुपैयाँ खुद घाटा व्यहो्रेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८०.१५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले २ करोड ४० लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४४.०७ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म संस्थाले १ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी २ करोड ३ लाख र सञ्चालन मुनाफा २५ करोड ४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।  

यस्तै संस्थाको रिजर्भ कोषको आकार ४ लाख ३६ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संस्था खराब कर्जा अनुपात उल्लेख्य मात्रामा घटाउन सफल भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२.१५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.६५ प्रतिशतमा झरेको छ । संस्थाले सम्भावित घाटाका लागि २४ करोड १३ लाख रुपैयाँ छुट्टाएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ८.०३ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९९.४५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १२३.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६९.५७ गुणा र तरलता अनुपात ३८.८४ प्रतिशत कायम भएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.