Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

नबिल बैंकले घटायो निक्षेपको ब्याजदर

Hyundai Nepal
नबिल बैंकले घटायो निक्षेपको ब्याजदर
Nabil Bank Limited

काठमाण्डौ । नबिल बैंक लिमिटेडले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।  

बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.७५० प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.७५० प्रतिशत र १ वर्षभन्दा माथिको अवधिका लागि ६.७५० प्रतिशत ब्याजदर कायम गरेको छ ।  

Shivam Cement
Sagarmatha Cement

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले संस्थागत निक्षेपतर्फ जेठ महिनाका लागि अधिकतम ५.७५० प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ । वैशाख महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

बैंकले जेठ महिनाका लागि संस्थागत निक्षेपतर्फ ६ महिनादेखि २ वर्षसम्मका लागि ४.७५० प्रतिशत,२ वर्षदेखि ५ वर्षसम्मका लागि ५.२५० प्रतिशत र ५ वर्षभन्दा माथि अवधिका लागि ५.७५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.