काठमाण्डौ । माछापुच्छ्रे बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यू स्मार्ट तलब खाताअन्र्तगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमाअन्र्तगतको १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको हो ।
बैंकको आर्दशनगर विरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबीअनुसार वैशाख ३० गते उक्त बीमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो ।
बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले न्यू स्मार्ट तलब खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाख सम्म अस्पताल भर्ना एंव औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                