बुधबार, कार्तिक ७,२०८१ 08:01:51
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:51
IME remit
Global IME Bank Limited

च्याट जीपीटीले पनि ‘डिपल एस०७’लाई राम्रो गाडी भनेको छ: विष्णु अग्रवाल

कमजोरी स्वीकारेपछि बोली फेर्दै भने–‘१५० गाडी बेचिसकेँ, मोटरपावर घट्दैमा केही हुन्न’

Hyundai Nepal
च्याट जीपीटीले पनि ‘डिपल एस०७’लाई राम्रो गाडी भनेको छ: विष्णु अग्रवाल
Nabil Bank Limited

काठमाण्डौ । एमए डब्ल्यू वृद्धि अटोकर्प प्रालिका प्रमुख विष्णुकुमार अग्रवालले नेपाली इभी बजारमा केही समयअघि भित्रिएको चांगनको सब–ब्राण्ड ‘डिपल एस०७’को मोटर पावर घटाएर भित्र्याइएको स्वीकार गरेका छन् ।  

उनले मोटरपावर घटाउँदैमा गाडीको परफरमेन्स कम नहुने अनौठो दाबी समेत गरेका छन् ।  

डिपलको इभी नेपाल भित्र्याउँदा भएका छलछाम र गडबडीको विषयमा बिजशालामा समाचार प्रकाशन भएपछि सम्पर्कमा आएका अग्रवालले कम पावर भएको भेरिएन्टमा १६० किलोवाट र हाइपावर भएको भेरिएन्टमा १९० किलोवाट क्षमताको मोटर उपलब्ध भए पनि नेपालमा भने ९९ किलोवाट बनाएर भित्र्याइएको दाबी गरे । नेपाल भित्र्याइएको गाडीको मोटर पावर साच्चिकै घटाइएको हो या नेपाल सरकारले १०० किलोवाटसम्मको मोटर पावर भएका इभी गाडीहरुमा दिएको कर तथा भन्सार छुटको फाइदा उठाउन प्रज्ञापनपत्रमा गलत व्यहोरा उल्लेख गरेर नेपाल भित्र्याइएको हो भन्ने विषय चाहिँ उनले प्रष्ट पार्न चाहेनन् । 

Bizshala
Shivam Cement
CG Motors

गाडीको मोटरपावर नै घटेपछि परफरमेन्स कम हुन्छ कि हुँदैन ? तपाईले भित्र्याउनुभएको गाडीको ग्राउण्ड क्लियरेन्स नेपाल र भारतजस्ता मुलुकका सडकका लागि उपयुक्त छैन, समाचारमा यही कुरा उल्लेख छ । सबै भएकै कुरा उल्लेख गरेर समाचार बनाइएको हो, त्यसमा तपाईको केमा चाहिँ आपत्ति रह्यो त ? भन्ने बिजशालाको प्रश्नमा उनले ग्राउण्ड क्लियरेन्स पनि समाचारमा उल्लेख भएजस्तै रहेको, मोटरपावर पनि घटाएर ल्याइएको स्वीकार गरे । ‘तर ‘डिपल एस०७’ कस्तो गाडी हो भन्ने विषयमा तपाईमा कौतुहुलता छ भने च्याट जीपीटीमा गएर हेर्नु न ।’ उनले सुझाव दिंदै भने–‘च्याट जीपीटीमा यो गाडीलाई निकै राम्रो इभी भनिएको छ । एकपटक तपाईले त्यहाँ गएर हेर्नुहोला ।’

चांगनको सब–ब्राण्ड ‘डिपल एस०७’ को ग्राउण्ड क्लियरेन्स १६० एमएम मात्र हो । यो एसयूभी हो । एक रिपोर्टका अनुसार ह्याचब्याक र सेडानका लागि १६५ देखि १७० एमएम माथिको ग्राउण्ड क्लियरेन्स राम्रो मानिन्छ । तर एसयूभीका लागि भने १८० एमएमभन्दा माथिको ग्राउण्ड क्लियरेन्स चाहिन्छ ।  

महिन्द्राको थार(२६६ एमएम), टोयोटाको फच्र्यूनर(२२० एमएम), कियानको सोनेट(२११ एमएम) सबैभन्दा धेरै ग्राउण्ड क्लियरेन्स भएका एसयूभी हुन् ।  

नेपाली सडकहरू खाल्डाखुल्डी र असमान सतहहरुले भरिपूर्ण हुन्छन् । यहाँका सडकमा स्पीड ब्रेकर, खाल्डा र फोहोरहरू हुन सक्छन्। कम्तिमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स भएको कार असमान सतहहरूमा कारको अन्डरक्यारेजलाई स्क्र्याप गर्नबाट रोक्न सही मानिन्छन् ।  

अर्को एक रिसर्चअनुसार ह्याचब्याक कारका लागि न्यूनतम १६८ एमएम, कम्प्याक्ट सेडानका लागि १७० एमएम, सेडानका लागि १६५ एमएम, कम्प्याक्ट एसयूभीका लागि  १९० देखि २०० एमएम, एसयूभीका लागि २२५ एमएम ग्राउण्ड क्लियरेन्स हुनुपर्छ ।  

यस्तै, डिपलको यो इभी गाडीमा एनसीएम ब्याट्री प्याक प्रयोग गरिएको छ, जुन पुरानो डिजाइनको हो र यो सुरक्षाको हिसाबले जोखिमपूर्ण पनि मानिन्छ ।  

लिथियम–आयन ब्याट्री जसको क्याथोडहरू निकल, म्यांगनीज, र कोबाल्ट समावेश छन्। त्यसलाई एनएमसी भनिन्छ ।

एनएमसी ब्याट्रीहरूसँग सम्बन्धित प्रमुख जोखिमहरूमध्ये एक थर्मल रनअवे हो। यो घटना तब हुन सक्छ जब ब्याट्री धेरै तातो हुन्छ र सम्भावित रूपमा आगो वा विस्फोट हुन सक्छ। यो जोखिम बढ्छ जब तपाईले ब्याट्रीलाई उच्च तापक्रममा ओभरचार्ज गर्नुहुन्छ वा एक्सपोज गर्नुहुन्छ। यही समस्याका कारण पछिल्लो समय इभी उत्पादकहरुले आफ्ना कारहरुमा एनएमसी ब्याट्री छाडेर एलएफपी ब्याट्री लगाइरहेका छन् । लिथियम–आयन ब्याट्रीहरू जसले तिनीहरूको क्याथोडहरूमा आइरन र फस्फोरस प्रयोग गर्दछ, त्यसलाई एएफपी ब्याट्रीहरू भनिन्छ ।

‘डिपल एस०७’ मा प्रयोग भएको ब्याट्री विश्वका अधिकांश इभी निर्माताहरुले प्रयोगमा ल्याउन छाडेका र एनएमसी ब्याट्री चार्ज गर्ने क्रममा वा कुनै कारणले धेरै तात्दा आगो लाग्ने सम्भावना हुने विषयमा अग्रवालले अनभिज्ञता प्रकट गरे । ‘अहिलेसम्म डिपलमा आगो नै लागेको घटना छैन नि ।’ उनले थपे–‘ब्याट्रीकै गुणस्तरको विषयमा थप प्रष्ट हुन च्याट जीपीटी प्रयोग गर्न सुझाव दिन्छु ।’  

अग्रवालले आफूले हालसम्म १५० वटाको हाराहारीमा ‘डिपल एस०७’ बिक्री गरिसकेको र प्रयोगकर्ताबाट कुनै पनि खालका गुनासाहरु नआएका दाबी गरे । एकैछिनअघि समाचारमा उल्लेख भएका अधिकांश विषयवस्तुमा सहमति जनाएका उनले आफ्नै पूर्व भनाई फेर्दै भने–‘तपाईले समाचारमा दाबी गरेजस्तो एउटा पनि कमजोरी रहेछ भने म बिक्री गरेको सबै गाडी फिर्ता लिन तयार छु ।’  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

यसअघि प्रकाशित समाचार :

डिपलको इभीमा छलछामः कमजोर मोटरपावर र कम ग्राउण्ड क्लियरेन्सका गाडी महङ्गोमा भिडाइँदै


 

 

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.