Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

छ महिनामा पूँजीबजारबाट उठ्यो १.९ अर्ब राजश्व, सरकारी लक्ष्य पूरा हुन बजार बुम हुनुपर्ने

Hyundai Nepal
छ महिनामा पूँजीबजारबाट उठ्यो १.९ अर्ब राजश्व, सरकारी लक्ष्य पूरा हुन बजार बुम हुनुपर्ने
Nabil Bank Limited

काठमाण्डौ । चालु  आर्थिक वर्षको दोस्रो त्रैमास(पुस मसान्त)सम्ममा सरकारले पुँजी बजारबाट करिब १ अर्ब ९० करोड पुँजीगत लाभकर उठाएको छ ।

गत आर्थिक वर्षको पूरा अवधिमा पूँजीबजारबाट उठेको राजश्वको तुलनामा ६ महिनासम्मको प्रगति सन्तोषजनक हो । किनभने गत आर्थिक वर्षको पूरा अवधिमा सरकारले पूँजीबजारबाट करिब ३ अर्ब मात्रै राजश्व उठाएको थियो । 

Shivam Cement
Sagarmatha Cement

तर, बजार चलायमान भएका कारण आर्थिक वर्ष २०७८–७९ मा भने सरकारले पूँजीबजारबाट १० अर्ब ३५ करोड राजश्व उठाउने ऐतिहासिक सफलता पाएको थियो ।  

सरकारले चालु आ.ब.को ६ महिनामा पूँजीबजारबाट उठाएको राजश्वको अवस्थालाई हेर्दा र यो दर वर्षको अन्तिमसम्मै कायम रहेमा करिब ४ अर्ब हाराहारीमा राजश्व उठ्ने देखिन्छ ।  

सीडीएसीकाअनुसार समीक्षा अवधिमा व्यक्तिगततर्फ अल्पकालीन लगानीकर्ताले १ अर्ब १६ करोडबराबर पुँजीगत लाभकर तिरेका छन्।  

व्यक्तिगततर्फ दीर्घकालिन लगानीकर्ताहरुले ५०  करोड ५७ लाख रुपैयाँ करमा योगदान गरेका छन् । यस अवधिमा  संस्थागत लगानीकर्ताहरुले भने २२ कराड ३४ लाख रुपैयाँ बराबरको राजश्वमा योगदान गरेको देखिएको छ ।  

सेयर बजारमा दीर्घकालीन भन्दा अल्पकालीन लगानीकर्ताले बढी पुँजीगत कर तिर्दै आएका छन् । अल्पकालीन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्।  

संस्थागत लगानीकर्ताले भने १० प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्।  

सरकारले चालु वर्षमा पुँजीबजारबाट ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । सरकारको लक्ष्य अबको ६ महिनाभित्र पूरा हुन बजार बुम भई कारोबार समेत रेकर्ड लेभलमा हुन आवश्यक देखिन्छ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.