Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सलिको

Hyundai Nepal
६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सलिको
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज तीन समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१९ प्रतिशत र निर्जीवन बीमा समूह ०.३४ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ६ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । 

कम्पनीको सेयरभाउ १.१५ प्रतितशले बढेर ७९९ रुपैयाँ पुगेको छ । त्यस्तै, एनएलजीको १.०८ प्रतिशत, एलआइसी नेपालको १.०७ प्रतिशत, सन नेपाल लाइफको ०.३९ प्रतिशत, नेपाल लाइफको ०.१७ प्रतिशत र सिटिजन लाइफको ०.११ प्रतिशतले सेयरभाउ बढेको छ । 

Shivam Cement
Sagarmatha Cement

यसका साथै आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीको सेयरभाउ १.८२ प्रतिशतले घटेर ६९२.२० रुपैयाँ कायम भएको छ । त्यस्तै, हिमालयन रि को १.२३ प्रतिशत, सानिमा जिआइसीको १.१३ प्रतिशत, आइएमई लाइफको १.१२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९८ प्रतिशत, नेपाल रि को ०.९४ प्रतिशत, युनाइटेड अजोडको ०.८५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७६ प्रतिशत, नेशनल लाइफको ०.७३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६९ प्रतिशत, नेकोको ०.६० प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४९ प्रतिशत, सुर्यज्योति लाइफको ०.४८ प्रतिशत, हिमालयन लाइफको ०.४८ प्रतिशत, एशियन लाइफको ०.३१ प्रतिशत, आरबीसीएलको ०.३० प्रतिशत र शिखरको ०.२९ प्रतिशतले सेयरमूल्य घटेको छ ।

बीमा कम्पनीमा आज सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ४ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.