Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

अब एनसेलका ग्राहकको अनावश्यक रुपमा ब्यालेन्स नकाटिने, ‘सधैं अन’ नामक योजना सार्वजनिक

Hyundai Nepal
अब एनसेलका ग्राहकको अनावश्यक रुपमा ब्यालेन्स नकाटिने, ‘सधैं अन’ नामक योजना सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । एनसेलले फाइभ–जी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगैं अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्या झेल्नु पर्ने छैन ।  

‘सधैं अन’नामक यस योजनाकोे मुख्य उदेश्य ग्राहकहरूलाई आफ्नो ब्यालेन्स सकिने डर नगरी डेटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु रहेको कम्पनीले जनाएको छ ।

‘उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधैं अन’अर्थात अनलाईन बस्न इन्टरनेट धेरै आवश्यक छ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरु सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको एनसेलले उल्लेख गरेको छ । हालचाहे त्यो एनसेल होस् वा नेपालका अरु सेवा प्रदायकका प्लानहरु हुन् इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकहरुको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एपले डेटा उपयोग वापतब्यालेन्स कटाई रहेका हुन्छन् । 

Shivam Cement
Sagarmatha Cement

‘सधैं अन’मार्फत एनसेल ग्राहकहरुका ब्यालेन्स सकिने समस्या समाधान गर्न प्रतिवद्ध रहेको र ग्राहकहरुका सुझावहरुलाई विषेश ध्यानमा राखेर डेटा प्याकहरुलाई सरल बनाउँदै ५ दर्जन बढि त्यस्ता डेटा प्याकहरुलाई २० वटामा झारेको छ ।

‘सधैं अन’मा के छ?

एनसेलको ‘सधैं अन’अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरि ३ वटा समुहमा ८ वटा विभिन्न आकर्षक प्लानहरु सञ्चालनमा ल्याएको छ । यसमा ७ दिनको समयसिमा हरेको रु ९८ बाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको रु १ हजार ४९९ पर्ने सम्मको विभिन्न प्लानहरु रहेका छन् । हरेक प्लानमा डेटा, अल नेपालकल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिंक रहेको छ र यी प्लानहरु ग्राहकलाई विद्यमान शुल्कभन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुन्छ । यसका साथै ‘सधैं अन’सुचारु गर्नुहुने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन् ।  

उदाहरणका लागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ ।  

त्यस्तैगरी, रु ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.