Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

चेम्बरका नवनिर्वाचित पदाधिकारीहरूलाई परिसंघको स्वागत

Hyundai Nepal
चेम्बरका नवनिर्वाचित पदाधिकारीहरूलाई परिसंघको स्वागत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई एवं परिसंघको कार्यालयमा स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत देखिनै आर्थिक संमृद्धिका विषयमा नेपालका नीजि क्षेत्रका संस्थाहरु विच सहकार्य हुँदै आएको सन्दर्भ उल्लेख गर्दै वर्तमान आर्थिक शिथिलताको अन्त्य गर्नका आगामी दिनमा समेत गहन सहकार्यको आवश्यकता रहेको बताए ।  

नेपालको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले तत्काल समस्या समाधानका लागि पहल सुरू नगर्ने हो भने समग्र अर्थतन्त्र थप जटीलतामा फस्ने बताउँदै निकासका लागि सरकार र समग्र निजी क्षेत्र एक भएर अगाडी बढ्नु पर्ने बताए।

Shivam Cement
Sagarmatha Cement

सो अवसरमा चेम्बरका नवनिर्वाचित अध्यक्ष कमलेशकुमार अग्रवालले सहकार्यका लागि परिसंघको निमन्त्रणा सार्थक रहेको धारणा राख्दै नेपालका नीजि क्षेत्रका संस्थाहरु एउटा सिक्काको दुई पाटा रहेको बताए । आर्थिक मुद्दामा चेम्बर र परिसंघले सदैव सहकार्य गर्दै आएको विषय दोहोर्‍याउँदै वर्तमान परिस्थितिमा यस्तो सहकार्य थप मजबुत हुनु पर्ने बताए । उनले निजी क्षेत्रले उठाउने गरेका विषयहरूमा सरकारले प्रतिवद्धताजनाउने गरेको भएता पनि यस्ता विषयहरूलाई प्राथमिकतामा राखि कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए । यी विषयहरू कार्यान्वयनमा लैजान निजी क्षेत्र एक भएर अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा परिसंघका पूर्व अध्यक्ष सतिसकुमार मोर, उपाध्यक्षहरू राजबहादुर शाह, रोहित गुप्ता तथा पदाधिकारी समितिका सदस्य छाँया शर्मा परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.