काठमाण्डौ । बेलायतका बीमा कम्पनीहरुले रुसी तेलको १२० अर्ब युरोभन्दा बढी मूल्यबराबरको बीमा गरेको खुलासा भएको छ ।
यो तथ्य सार्वजनिक भएपछि त्यहाँका एक पूर्व क्याबिनेट मन्त्रीले बीमा उद्योगलाई आफ्नो दायित्वबारे पुर्नविचार गर्न आह्वान गरेका छन्।
बेलायतको रुसमाथि प्रतिबन्धका बाबजुद बीमा कम्पनीहरुले १२० अर्ब युरोभन्दा बढी मूल्यबराबरको रुसी तेलको बीमा गरेको गरेका हुन् ।
‘सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एअर(सीआरइए)’ को रिपोर्टका अनुसार रूसले सन् २०२२ को मार्चदेखि युक्रेनमा आक्रमण गरेदेखि नोभेम्बर २०२३ को अन्त्यसम्म बेलायतका बीमा कम्पनीले १२०.६ अर्ब युरोबराबरको रुसी तेलको बीमा गरेका छन् ।
सीआरइएको विश्लेषण सन् २०२२ मार्च र सन् २०२३ नोभेम्बर बीचको महिनाहरूमा केन्द्रित छ। कालो सुनको रुपमा चिनिने कच्चा तेल प्रति ब्यारेल ६० डलरभन्दा कम मूल्यमा बिक्री गरेमा रूसी तेल ढुवानी गर्न वा बीमा गर्न गैरकानुनी भने मानिदैन ।
सीआरइएका अनुसार सम्पूर्ण रूसी तेलको ३३ प्रतिशत, बेलायतमा बीमा गरिएका ट्याङ्करहरूमा ढुवानी गरिएको थियो।
त्यसमध्ये अधिकांश कच्चा तेल थियो भने त्यपछि डिजेलको हिस्सा बढी थियो ।
पूर्व वेल्श सचिव र वर्तमानका सांसद अलुन केर्न्सले मूल्य क्यापको दुरुपयोग हुन सक्ने सम्भावनाप्रति बीमा कम्पनीहरु सचेत हुनुपर्ने बताएका छन् । बेलायतबाट रुसी कच्चा तेलको ढुवानी कभर गर्ने बीमा कम्पनीहरूमा कमी आए पनि रुसी तेल ट्रान्जिटहरू अझै पनि यातायातका लागि बेलायतमा बीमा गरिएका जहाजहरूमा अत्यधिक निर्भर रहेको केर्न्सले बताएका छन् ।
बेलायतमा सन् २०२२ डिसेम्बरमा मूल्य क्यापको व्यवस्था लागू भएको १२ महिनाको अवधिसम्म ‘युके प्रोटेक्सन एण्ड इन्डेम्नीटी इन्स्योरेन्स(पी एण्ड आई)को उपयोग गरेर ४६.४ अर्ब डलरबराबरको रुसी तेल ट्यांकरहरुमा ढुवानी भएको छ ।
रुसी तेललाई बीमा कभर प्रदान गर्नेमा ‘वेष्ट अफ इङग्ल्याण्ड पी एण्ड आई क्लब’ सबैभन्दा अघि देखिएको छ । उसले २०.१ अर्ब युरोबराबरको रुसी तेल सामाग्रीको बीमा गरेको छ । दोस्रोमा नर्थ स्ट्याण्डर्ड रहेको छ । नर्थ स्ट्याण्डर्डले १९ अर्ब युरोबराबरको रुसी तेललाई बीमा कभर सुविधा प्रदान गरेको छ । -एजेन्सी

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (26).jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                