बुधबार, असार १८,२०८२ 06:45:41
  • बुधबार, असार १८,२०८२ 06:45:41
Global IME Bank Limited

मौद्रिक समीक्षामा समेटिएको एउटा बुँदा, जसले प्रभाव पर्नसक्छ सेयर बजारमा

Hyundai Nepal
मौद्रिक समीक्षामा समेटिएको एउटा बुँदा, जसले प्रभाव पर्नसक्छ सेयर बजारमा
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रबैंकले मौद्रिक नीतिको तेश्रो समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले सेयर बजार वा अन्य क्षेत्रमा गरेको लगानी बिक्रीसम्बन्धी लचक व्यवस्था गरेको छ ।  

यो व्यवस्थाले सेयर बजारमा प्रभाव पार्ने देखिन्छ ।  साबिकको तुलनामा बैंकहरुले आफूसँग भएको सेयर निकै ठूलो भोल्युममा बिक्री गर्न पाउने व्यवस्थाले ती संस्थाहरुको बुक बलियो बनाउन सहयोग पुग्छ, तर बजारमा भने सप्लाई बढेर नकारात्मक असर पर्नसक्छ । 

सेयरमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई केही वर्षअघिदेखि कडाई गरेको केन्द्रीय बैंकले त्यसमा क्रमशः लचक बन्न थालेको संकेत समेत देखाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

दुई वर्षअघि बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने राष्ट्रबैंकले व्यवस्था गरेको थियो ।  

तर, शुक्रबार मौद्रिक नीतिको तेश्रो समीक्षामार्फत यस्तो व्यवस्थामा व्यापक लचक नीति अपनाइएको छ ।  

‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ ।’ मौद्रिक समीक्षामा भनिएको छ ।  

राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कम अवधिको लागि शेयरमा लगानी गर्न नपाउने व्यवस्थामा भने अझै लचक नीति लिन सकेको छैन ।  

त्यस्तै बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था पनि यथावत छ ।  

साथै विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने व्यवस्था पनि यथावत छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.