बुधबार, कार्तिक ७,२०८१ 08:01:54
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:54
IME remit
Global IME Bank Limited

मुख्य सूचना नै अपडेट गर्दैन राष्ट्रबैंक, नभ्याएको कि खेलाडीलाई मौका दिएको ?

Hyundai Nepal
मुख्य सूचना नै अपडेट गर्दैन राष्ट्रबैंक, नभ्याएको कि खेलाडीलाई मौका दिएको ?
Nabil Bank Limited

काठमाण्डौ । आफूद्वारा नियमन बैंक तथा वित्तीय संस्थाहरुका सामान्य कमजोरीप्रति समेत प्रश्न गर्ने र नसियतसम्म दिन पछि नपर्ने नेपाल राष्ट्रबैंक आफैं भने सूचना अपडेट र त्यसको व्यवस्थापनमा कमजोर देखिएको छ ।  

केन्द्रीय बैंकले आफ्नो बेवाइसाइटमार्फत सार्वजनिक गर्नुपर्ने र नियमित अपडेट गर्नुपर्ने सार्वजनिक सरोकारका कतिपय महत्वपूर्ण सूचना समेत पुरानै राखेर सर्वसाधारणलाई रनभूल्लमा पार्दै आएको छ । 

Bizshala
Shivam Cement
CG Motors

देशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको मुख्य सूचकहरु अपेडट गर्ने विषयमा राष्ट्रबैंक निकै कमजोर देखिएको छ । अरुबेला मरीतरी एकसातामा अपडेट हुने सूचना यसपटक भने १० दिन हुँदा समेत अपेडट भएको छैन ।  

केन्द्रीय बैंकको बेवसाइटमा कुल निक्षेप, वाणिज्य बैंकको कुल निक्षेप, अन्य वित्तीय संस्थाको कुल निक्षेप, कुल कर्जा प्रवाहको अवस्था, वाणिज्य बैंकहरुको मात्रै कुल कर्जा प्रवाहको अवस्था, अन्य वित्तीय संस्थाको कुल कर्जा प्रवाहको अवस्था, कर्जा निक्षेप अनुपात, अन्तर बैंक ब्याजदर जस्ता महत्वपूर्ण सूचकमा नियमित अपडेट हुने गरेको छैन ।  

वेबसाइटमा यी महत्वपूर्ण सूचकहरु अझै पनि १० दिन अगाडिका छन् । अर्थात मे ७ देखि पछाडिका यी सूचकहरुको राष्ट्रबैंकले अपडेट गरेको छैन ।  

खासमा यो सूचनाको प्रत्येक दिनको अपेडट केन्द्रीय बैंकले गर्नुपर्ने हो, तर गर्दैन ।  

सर्वसाधारणको पहुँचका लागि यस्ता सूचना केन्द्रीय बैंकले प्रकाशित गर्नुपर्ने हुन्छ । उनीहरुको पहुँच केन्द्रीय बैंकको उच्चतहसम्म हुँदैन । यतिसम्मकी कतिपय बैंक तथा वित्तीय संस्थाको उच्च व्यवस्थापनको समेत केन्द्रीय बैंकको टप लेभलसम्म पहुँच हुँदैन । जसका कारण यस्ता बैंक तथा वित्तीय संस्था समेत राष्ट्रबैंकको वेबसाइटमा प्रकाशित यिनै इण्डिकेटरहरु हेरेर निक्षेप तथा कर्जा प्रवाहको अवस्था, अन्तर बैंक ब्याजदरको अवस्था र तिनै सूचकका आधारमा तरलता व्यवस्थापन, निकट भविष्यको रणनीति लगायत बनाउने गर्दछन्।  

‘मुख्य इण्डिकेटरको नियमित अपडेट नहुँदा हामीलाई रणनीति बनाउन गाह्रो पर्छ । सूचनासम्म भित्री पहुँच हुनेहरुले बजारमा चलखेल गर्ने मौका पाउँछन् ।’ एक बैंकरले भने–‘यति सानो कुरा समेत राष्ट्रबैंकले नबुझ्नु लापरबाहीको पराकाष्ठा हो । १० दिनअगाडिको बासी सूचनाका आधारमा रणनीति बनाउँदै बस्नु हाम्रो बाध्यता बनेको छ ।’  

राष्ट्रबैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले मे ७ पछि मुख्य सूचकहरु अपेडट नभएको विषयमा अनभिज्ञता प्रकट गरे । आफूले यस विषयमा तुरुन्तै सम्बन्धित विभागलाई भन्ने पनि प्रतिबद्धता जनाए ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.