Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

मौद्रिक नीतिको समीक्षाः लगानीकर्ता भन्छन्-‘अन्याय भयो’, राष्ट्र बैंक भन्छ-‘लचक हुँदै गएका छौं’

Hyundai Nepal
मौद्रिक नीतिको समीक्षाः लगानीकर्ता भन्छन्-‘अन्याय भयो’, राष्ट्र बैंक भन्छ-‘लचक हुँदै गएका छौं’
Nabil Bank Limited

काठमाण्डौं । सेयर बजार करिब ३ वर्षदेखि बियरिस अवस्थामा छ । २०७८ साल भदौ २ गते ३२ सयको उच्च विन्दु चुमेको नेपालको सेयर बजार हाल २०१८ को विन्दुमा झरेको छ । यो बीचमा सेयरबजारमा निकै उतनरचढाव आयो । बजार लामो समय १८ देखि २२ सयको विन्दुमा रुमल्लिरहेको छ । हाल विश्वभरका सेयर बजारले नयाँनयाँ रेकर्ड कायम गरेको छ । छिमेकी राष्ट्र भारत र पकिस्तानको समेत बजारले नयाँनयाँ उचाई चुमिरहँदा नेपालको सेयर बजार भने निरन्तर ओरालो लागिरेहेको छ ।  

लगानीकर्र्ताहरु यसरी नेपालको सेयरबजार घट्नुमा राष्ट्र बैंकको म्रौद्रिक नीति नै मुख्य बाधक रहेको बताउँछन् । घट्दो बजारलाई उकास्न यसबीचमा लगानीकर्ताहरु पटकपटक आन्दोलनमा समेत उत्रिएका छन् । लगानीकर्ताहरु कहिले कमलपोखरी त कहिले भृकुटी मण्डप र माइतीघरमा भेला भएर पूँजी बजारको विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रयास गरे । तर लगानीकर्ताहरुले माग गरे बमोजिम राष्ट्र बैंक पूँजीबजारको बिषयमा लचक भएको छैन । लगानीकर्ताको माग सम्बोधन हुने छाँटकाँट अझै पनि देखिएको छैन । जसका कारण लगानीकर्ताको मनोबल निकै खस्किसकेको यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।  

सक्रिय लगानीकर्ता गोविन्द प्रसाद घिमिरे भन्छन्,‘राष्ट्र बैंकले हायर पर्चेज कर्जामा जोखिम भार घटाउनु तथा घरकर्जामा सहज गर्नु सकरात्मक हो । तर पूँजीबजारको विषयमा वर्षौदेखि उठाउँदै आएको जोखिम भारमा कुनै सम्बोधन नहुनु लगानीकर्ताको लागि अन्याय हो । अहिले पूँजीबजार निकै न्यून विन्दुमा रहेको छ । यस्तो बेला जोखिम भार १२५ राख्नुको कुनै औचित्य छैन ।’

जोखिम भार घटाएको भए बजार ५/७ सय अंक बढ्ने दाबी गर्दै घिमिरेले भने,‘ यसो गर्दा कसैलाई पनि हानी हुने थिएन । बैंक तथा वित्तिय संस्थाको सेयरको भाउ नेटवर्थभन्दा तल आएको छ । त्यसैले अहिले पनि जोखिमभार १२५ लगाउनुको कुने औचित्य छैन ।’ यद्यपी राष्ट्र बैंकले क्रमिक सुधार गर्दै गएको कारण आगामी म्रौद्रिक नीतिमा भने पूँजीबजारका बारेमा सहज व्यवस्था आउनेमा घिमिरे ढुक्क देखिए ।

Shivam Cement
Sagarmatha Cement

अगुवा लगानीकर्ता उपेन्द्र पाठक भने राष्ट्र बैंकले आफ्नो नीति क्रमिक रुपमा सुधार गर्दै गरेको बताउँछन् । ‘एकैपटक सबै नीति खोल्दा त्यसले पनि पूँजीबजारलाई फाइदा नगर्ने भएकोले राष्ट्र बैंकले सजगता अपनाएको हुनसक्छ,’ पाठक भन्छन्,‘बजेटमा पनि केही सहज व्यवस्था हुनसक्छ । आगामी बजेटमार्फत पूँजीगत लाभ कर यहि नै अन्तिम हुने व्यवस्था बजेटबाटै हुँदै छ । त्यसैले अब पूँजीबजारका सुनौला दिन सुरु भएको मान्न सकिन्छ ।’  

यो मौद्रिक नीति गभर्नरको अन्तिम भएका कारण पनि बजारमा व्यापक सुधार आउने पाठक बताउँछन् ।  

यता नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख प्रकाश कुमार श्रेष्ठ भने राष्ट्र बैंक आवश्यक सजगता अपनाएर समयानुसार लचक हुने बताउँछन् । ‘यो समीक्षा अहिलेको आवश्यकता हो । अहिले सेयर बजारमा बैंक तथा हाईड्रो कम्पनीहरुको प्रतिफल घटेको कारण बजार नबढेको हो । बैंकहरुमा क्रेडिट फ्लो  बढेको छ । सेयर धितो कर्जा पनि बढेर गएको छ’ श्रेष्ठ भन्छन्,‘ कम्पनीहरुको सेयर मुल्य मात्रै नबढेको हो । बजार स्थिर बनेको छ । हामीले अर्थतन्त्रलाई असहज अबस्थाबाट जोगाएका छौं । अहिले सहज अवस्था छ । राष्ट्र बैंकले उत्पादन तथा रोजगारी बढाउने नीति लिने हो ।’

राष्ट्र बैकले गत बर्षदेखि नीतिलाई सहज बनाउँदै गरेको र बजेटको प्रावधान हेरेर आवश्यकता अनुसार लचक हुने श्रेष्ठ बताउँछन् । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.