आईतवार, श्रावण १०,२०८३ 01:14:07
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 01:14:07
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंक बन्यो अन्तरदेशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैंक

महालक्ष्मी विकास बैंक बन्यो अन्तरदेशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैंक
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै विकास बैंकहरुमध्ये  एनसीएचएलसँग अन्तरदेशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ ।  । भारतमा नोष्ट्रो खाता सञ्चालनमा रहेकाले बैंकले उक्त सुविधा प्रदान गर्न सक्षम भएको बैंकले जनाएको छ ।

सम्झौतापश्चात अन्तरदेशीय कारोबार (क्रस बोर्डर भुक्तानी सेवा) सुरुवात लगत्तै नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै महालक्ष्मी विकास बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्रयान्डल लिंक गरिएको खातामार्फत भारतमा रहेको आफ्नो खातामा सिधै रकमान्तर गर्ने सुविधा उपलब्ध हुनेछ ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि यूपीआई इनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमाको अधिनमा रही नेपालमा महालक्ष्मी विकास बैंकको यूपीआई ह्रयान्डल लिंक गरिएको खातामा सिधै रकमान्तर गर्ने व्यवस्था उपलब्ध छ । यो अन्तरदेशीय भुक्तानी सुरु भएपश्चात् विशेष गरी विद्यार्थीहरु, तीर्थयात्रीहरु,पर्यटकहरु तथा चिकित्सा उपचारका लागि भारत जाने ग्राहकहरुलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ ।  

सो सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल र एनसीएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

महालक्ष्मी विकास बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाखग्राहकहरु रहेका छन् । साथै २०८० पुस २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाले विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.