शुक्रबार, श्रावण ८,२०८३ 09:40:24
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:40:24
Bizshala
Global IME Bank Limited

नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा

नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा
New Office

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि(१, विरूवागुठी र सुनसरी जिल्ला, गढि गाँउपालिका(२, औरावनी स्थित वेयरहाउजिङ सञ्चालनमा ल्याएको छ । उक्त वेयरहाउजिङको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको कम्पनीले जनाएको छ ।

नेपाल वेयरहाउजिङ कम्पनीको पर्सा र सुनसरीस्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भइ तराईका भेगहरूवाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कम्पनी आदिले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयरहाउस को साईलोमा मौज्दात गर्न थालेका छन् । यसबाट उपयुक्त समयमा बिक्रीगरि किसान तथा व्यापारीहरुले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुने कम्पनीले दाबी गरेको छ ।

कम्पनीका महाप्रवन्धक समिर राज सत्याल भन्छन, मकै, ‘गँहु, र भटमास पूर्ण रूपले स्वचालीत मेशिनद्वारा सफाई, तथा केलाई गरी साईलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ साथै यसरी साईलोमा राखिएको अनाजको तापक्रम, आद्रदता, कम्प्युटरको माध्यमवाट सुक्ष्म रूपले वैज्ञानिक व्यवस्थापन गरिन्छ ।’ यस प्रकारले भण्डारीकरण गरिएको अनाजको इन्स्योरेन्सको व्यवस्था पनि कम्पनी स्वंयमले गरेको उनी बताउाछन् । अबको दुई महिना मकै र गँहु को कटानी भई बजारमा आउने भएकोले दिनको २५–३० गाडी दिनहुँ आइरहेको सत्याल बताउँछन् । यसका लागि अहिले २४ सै घण्टा कम्पनी सञ्चालनको व्यवस्था मिलाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.