IME remit
  • शनिबार, कार्तिक १७,२०८१ 07:55:09
IME remit
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकले गर्यो विराटनगरमा सेवा विस्तार

Hyundai Nepal
लक्ष्मी सनराइज बैंकले गर्यो विराटनगरमा सेवा विस्तार
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ। विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमानदास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा न ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको हो।  

 स्थानान्तरण गरिएको साविकको हनुमानदास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवालिन सक्ने बैंकले जनाएको छ ।  

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवाविस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानतरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ।

Bizshala
Shivam Cement
CG Motors

साथै, ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको स्थान ( भद्रपुरलाईन, बिर्तामोड नगरपालिका–४, झापा)बाट संयुक्त कारोबार सुरु गरेको छ।  

त्यसैगरी, चितवन जिल्लास्थित भरतपुरको हाकिम चोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान ( हाकिमचोक, भरतपुर महानगरपालिका–१०)बाट ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५६ शाखा, ३१९ एटीएम , २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.