मंगलवार, असार १७,२०८२ 01:42:51
  • मंगलवार, असार १७,२०८२ 01:42:51
Global IME Bank Limited

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लर्डबुद्ध एजुकेशन फाउण्डेशनको प्रायोजन

Hyundai Nepal
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लर्डबुद्ध एजुकेशन फाउण्डेशनको प्रायोजन
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लर्डबुद्ध एजुकेशन फाउण्डेशनले प्रायोजन गरेको छ ।  

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको प्रायोजन सम्बन्धी सम्झौतामा फाउण्डेशनका तर्फबाट अध्यक्ष पंकज जलान र क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी १० टोली र अफिसियललाई पोशाक लगायतका अन्य सुविधा फाउन्डेसनले उपलब्ध गराउने सहमतिमा उल्लेख छ ।  

शिक्षा र खेलकुदलाई जोड्नका लागि पनि जारी प्रतियोगिताको प्रायोजन गरिएको लर्डबुद्ध एजुकेशन फाउण्डेशनले जनाएको छ । नेपालमा क्रिकेटको भविष्य राम्रो रहेको र खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कप क्रिकेटको प्रायोजन गरिएको फाउण्डेशनका अध्यक्ष कालानले बताए ।

‘‘खेलाडीलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न निजी क्षेत्रबाट सहयोगको खाँचो छ, क्रिकेटको भविष्य राम्रो छ यसले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पनि पहिचान गराउने भएकाले सबैको साथ सहयोग हुन जरुरी छ ।’ उनले भने ।  

क्यानका सचिव पारस खड्काले लर्डबुद्ध एजुकेशन फाउण्डेसनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । घरेलु प्रतियोगितामा पनि प्रायोजन आउन थाल्नु क्रिकेटको भविष्यका लागि सुखद रहेको खड्काको भनाई छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.