Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न

Hyundai Nepal
स्वावलम्बन लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा  उक्त कार्यक्रम सम्पन्न भएको हो ।  

कार्यक्रममा आथिक बर्ष २०७९/८० मा शाखा अन्तर्गत रहेका केन्द्रहरु मध्ये उत्कृष्ट ३ वटा केन्द्रलाई नगद सहित पुरस्कार वितरण गरिएको थियो ।  

त्यस्तै, शाखा कार्यालय अन्तरगत शैक्षिक सत्र २०७९ मा एसईई परिक्षामा ग्राहक सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र न ७५ समुह नं. ४ मा आवद्ध सदस्य साईली माया लामाकी छोरी लक्ष्मी लामालाई रु.१० हजार नगद पुरस्कार वितरण गरिएको थियो ।

Shivam Cement
Sagarmatha Cement

केन्द्र नं. ६३ का प्रमुख पुना देवी राईको अध्यक्षता तथा प्रहरी कार्यालय लेले, ललितपुरका प्रहरी सहायक निरीक्षक भिम बहादुर कोइरालाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका विशिष्ठ अतिथिको रुपमा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका नायव विभागीय प्रबन्धक मोहित नारायण यादवको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अथिति प्रहरी सहायक निरीक्षक कोइरालाले लघुवित्तले लिएको लक्ष्य गरिवी निवारण रहेकोले यसमा प्रहरीको पुरै साथ रहेको बताए । विशिष्ठ अतिथि मोहित नारायण यादवले हाल देशमा वित्तीय संस्थाका बारेमा भैरहेका नराम्रा कुराहरुबाट सर्तक रहन सदस्यलाई आग्रह गरे ।  

त्यस्तै, इलाका कार्यालय ठिमी, भक्तपुर क्लस्टरका रेखा कुमारी खैरगोलीले लघुवित्तबाट प्रदान भैरहेको सेवा सुविधाको प्रयोग गरी आय आर्जनमा बृद्धि गर्न सल्लाह दिए । कार्यक्रममा करीब ७० जना ग्राहक सदस्य तथा अभिभावकको सहभागीता थियो ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.