मंगलवार, जेष्ठ २७,२०८२ 02:45:14
IME remit
  • मंगलवार, जेष्ठ २७,२०८२ 02:45:14
IME remit
Global IME Bank Limited

विश्व रेटिनोब्लाष्टोमा र मायोपिया सचेतना सप्ताहका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानको सचेतनात्मक कार्यक्रम

Hyundai Nepal
विश्व रेटिनोब्लाष्टोमा र मायोपिया सचेतना सप्ताहका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानको सचेतनात्मक कार्यक्रम
Nabil Bank Limited

काठमाण्डौ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताह र विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा काठमाण्डौ लगायत देशैभरका सामुदायिक आँखा केन्द्र तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतनात्मक कार्यक्रमको आयोजना गरेको छ ।

रेटिनोब्लाष्टोमा अर्थात बालबालिकाको आँखामा हुनसक्ने क्यान्सरबारे सहि समयमा पहिचानको आवश्यकता रहेको विषयलाई प्रतिष्ठानले मुख्य जोड दिएको जनाएको छ । अकुलोप्लाष्टि तथा अकुलर अंकोलोजी विभागकी प्रमुख डा.पूर्णिमा राजकर्णिकार स्थापितका अनुसार अध्यारो कोठामा बालबालिकाको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टिका देखिनु, आँखा असामान्य रुपमा रातो हुनु र दुख्नु, आँखाको आकार ठूलो हुँदै जानु र बाहिर तिर आउनु, आँखाको डेढोपन हुनु र आँखा सुक्दै जानु रेटिनोब्लाष्टोमाको लक्षण हुनसक्छ । 

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

यी लक्षणहरुलाई सतर्क रुपमा पहिचान गर्दै सहि समयका चिकित्सकसम्म आइपुग्न प्रेरित गर्दै प्रतिष्ठानले ओपन आइज नेपालसँगको सहकार्यमा यस समस्या भएका बालबालिकाका लागि निःशुल्क ओपिडी सेवा, उपचार सेवा तथा प्रोस्थेसीस् सफाईको व्यवस्था गरेको थियो । यो सुविधा सचेतना सप्ताह अर्थात बैशाख ३० देखी ज्येष्ठ ५ गतेसम्म लागू रहेको थियो ।  निःशुल्क सेवा लिने रेटिनोब्लाष्टोमाका बिरामीहरु १० को संख्यामा अस्पतालमा सहभागि भएका छन् ।

त्यस्तै,मायोपिया अर्थात टाढा भएका वस्तुहरु हेर्न कठिनाइ हुने आँखाको समस्याको सचेतना सप्ताह बैशाख ३१ देखी जेठ ६ गतेसम्म मनाइएकोमा समेत बालबालिकालाई मुख्य प्राथमिकतामा राखिएको थियो । बालबालिकाहरुको समय–समयमा आँखा जाँच गर्ने, प्रत्येक दिन बाहिरी वातावरणमा २ घण्टा खेल्न प्रेरीत गर्ने, मोबाइल र टिभी स्क्रीनबाट टाढा राख्ने र कम प्रयोग गराउने तथा हरेक २० मिनेटमा २० फिट टाढा २० सेकेन्ड हेर्ने बानी बसाल्न आवश्यक रहेको बाल आँखा रोग विशेषज्ञ तथा डेप्युटि डाइरेक्टर डा. सिर्जना अधिकारीले बताइन् । पहिलो पटक प्रतिष्ठानले मायोपिया सचेतना सप्ताह मनाएकोमा डा. अधिकारीले हरेक बालबालिकाले विद्यालय अध्ययन गर्न जानुअधि अनिवार्य आँखा जाँच गर्न सुझाव दिए ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.