बुधबार, कार्तिक ७,२०८१ 08:01:55
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:55
IME remit
Global IME Bank Limited

९ महिनामा वाणिज्य बैंकका लगानीकर्ताले १५.५९%सम्म गुमाए, धितोपत्र बजार पूँजीकरणमा पनि कमजोर

Hyundai Nepal
९ महिनामा वाणिज्य बैंकका लगानीकर्ताले १५.५९%सम्म गुमाए, धितोपत्र बजार पूँजीकरणमा पनि कमजोर
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकका सेयरधनीहरुले १५.५९ प्रतिशतसम्म गुमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको रिर्पोटले यस्तो देखाएको हो ।  

राष्ट्र बैंकका अनुसार तेस्रो त्रैमाससम्म वाणिज्य बैक र हाइड्रो इन्डेक्स बाहेक सबै इन्डेक्स वृद्धि भएको छ ।  

बैकिङ्ग इन्डेक्स घट्दा वाणिज्य बैंकहरुको धितोपत्र बजार पूँजीकरण हिस्सा समेत घट्न पुगेको छ । इन्डेक्ससँगै वाणिज्य बैंक समूह बाहेक सबै समूहको धितोपत्र बजार पूँजीकरण हिस्सा पनि वृद्धि भएको छ । धितोपत्र बजार  पूँजीकरणमा हिस्सा बढाउन वा थप्न वाणिज्य बैंकहरु कमजोर देखिएका छन् ।  

गत आवको तुलनामा वाणिज्य बैंक समूहको धितोपत्र बजार  पूँजीकरण हिस्सा १५.५९ प्रतिशतले घटेको छ । गत वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकको धितोपत्र बजार  पूँजीकरण हिस्सा ३४.४ प्रतिशत अर्थात् ९ खर्ब ६८ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो । चालु आवको सो अवधिसम्म वाणिज्य बैंकहरुको धितोपत्र बजार  पूँजीकरण हिस्सा २५.५ प्रतिशत अर्थात् ८ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँ कायम रहेको छ ।  

तथ्याङ्कअनुसार अन्य समूहको तुलनामा वाणिज्य बैंकहरु धितोपत्र बजार  पूँजीकरणको हिस्सा बढाउन वा थप्न कमजोर देखिएको छ । वाणिज्य बैंकहरुले पछिल्लो समय लाभांशदर बढाउन नसक्नु र सेयरभाउ पनि सस्तिदै जानुले बैंकहरुको बजार पूँजीकरण हिस्सा बढ्न सकिरहेको छैन ।  

वाणिज्य बैंक बाहेक सबै समूहको धितोपत्र बजार पूँजीकरण हिस्सा बृद्धि भएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको बजार पूँजीकरण १०९.०६ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्म ३.९ प्रतिशत रहेको सो समूहको हिस्सा चालु आवको यस अवधिसम्म आइपुग्दा ७.१ प्रतिशत पुगेको छ ।  

त्यस्तै, होटल तथा पर्यटन समूहको ५७.२७ प्रतिशत, अन्य समूहको ३७.६८ प्रतिशत, बीमा समूहको ३४.३८ प्रतिशत, व्यापार समूहको २८.५५ प्रतिशत, वित्त समूहको २२.१५ प्रतिशत, लगानी समूहको २१.५२ प्रतिशत, हाइड्रो समूहको १७.६७ प्रतिशत, लघुवित्त समूहको १२.६९ प्रतिशत र विकास बैंक समूहको ११.३३ प्रतिशतले धितोपत्र बजार पूँजीकरण हिस्सा बृद्धि भएको छ ।  

चालु आर्थिक वर्षको नौ महिनासम्म धितोपत्र बजार पूँजीकरण ३२ खर्ब १२ अर्ब १ करोड रुपैयाँ कायम छ ।  

नेप्सेमा १३ समूहका २७२ वटा कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १३४ वटा बैंक वित्तीय र बीमा कम्पनी, ९१ वटा हाइड्रोपावर कम्पनी, २२ वटा उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी, ४ व्यापारीक संस्था र ७ अन्य समूहका रहेका छन् ।  

‘बाणिज्य बैंकको खस्किंदो रिर्पोटले सेयरमूल्य बढ्न सकेन’  

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकका लगानीकर्ताहरुले १५.५९ प्रतिशतसम्म गुमाएका छन् । गत आवको तेस्रो त्रैमाससम्म १२५४.८४ विन्दुमा रहेको वाणिज्य बैंक इन्डेक्स चालु आवको तेस्रो त्रैमाससम्म १५.५९ प्रतिशतले घटेर १०५९.२४ विन्दुमा कायम हुन पुगेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये गत आवको तुलनामा वाणिज्य बैंक र हाइड्रोपावर इन्डेक्स मात्रै घटेका छन् भने बाँकी अरु समूहका लगानीकर्ताहरुले भने कमाएका छन् ।  

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंक इन्डेक्स १५.५९ प्रतिशत र हाइड्रोपावर इन्डेक्स १.७२ प्रतिशतले घट्दा होटल तथा पर्यटन समूहका लगानीकर्ताले भने गत आवको तुलनामा ५३.०२ प्रतिशतसम्म नाफा कमाएका छन् ।  

विशेषगरी पछिल्लो समय वाणिज्य बैंकहरुको सेयरभाउ बढ्न नसक्नुले गत आवको तुलनामा कमर्सियल बैंक इन्डेक्स घट्न पुगेको हो । आधा भन्दा बढी वाणिज्य बैंकको सेयरभाउ अंकित मूल्यकै हाराहारीमा छ । पछिल्लो समय बजारमा लार्ज क्याप भएका कम्पनी भन्दा लो क्याप भएका कम्पनीमा लगानीकर्ता बढी आकर्षित छन् ।  

साथै, वाणिज्य बैंकहरुले पछिल्लो केही वर्षयता बोनसदर घटाउँदा दोस्रो बजारमा कमर्सियल बैंकप्रति मोह हराउँदै गएको बजार जानकार निमानन्द कंडेल बताउँछन् ।  

‘वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिर्पोट हेर्दा खासै प्रगति देखिएको छैन । यस वर्षको क्लोजिङ टाइम सकिनै लाग्दा पनि अधिकांश बैंकहरुको वितरणयोग्य मुनाफा राम्रो देखिएको छैन । केही वर्षयता वाणिज्य बैंकहरुको लाभांश क्षमता घट्दै गइरहेको अवस्था छ, त्यसमाथि आगामी वर्ष पनि वाणिज्य बैंकहरुले सोचेजस्तो लाभांश दिन नसक्ने अवस्था देखिंदा लगानीकर्ताहरुमा बैंकको सेयरप्रति मोह हराउँदै गएको छ’ उनले भने, ‘बरु इन्स्योरेन्स र माइक्रोफाइनान्स कम्पनीहरुले लाभांश दिंइरहेका छन्, यसले गर्दा वाणिज्य बैंक भन्दा यस्ता कम्पनीको सेयर खरिद गर्न लगानीकर्ता होम्मिन्छन् ।’

त्यस्तै, अर्का बजार जानकार विरेन्द्र बिष्ट पनि बैंकहरुको खस्किँदो रिर्पोटका कारण सेयरमूल्य झनै घट्न पुगेको बताउँछन् । ‘यसैपनि आधा भन्दा बढी वाणिज्य बैंकको सेयरमूल्य अंकित मूल्यकै हाराहारीमा छ, त्यसमाथि चालु आवको थर्ड क्वाटर रिर्पोट हेर्दा बैंकको सेयरमूल्य झनै खस्किने अवस्था देखिन्छ’ उनले भने, ‘रिर्पोटअनुसार अधिकांश बैंकहरुको खराब कर्जा अनुपात (एनपीएल)बढ्दो छ । बैंकहरुले उल्लेख्य नाफा कमाउन सकिरहेका छैनन् वितरणयोग्य नाफा पनि गत आवको तुलनामा झनै घटेको छ । लगानीकर्ताले लाभांश खान राखेका वाणिज्य बैंकको सेयर रिर्पोट हेरेरै फाल्ने अवस्था छ । जसका प्रत्यक्ष असर सेयरभाउमा पर्न जान्छ ।’

साथै, बजारमा ‘लो क्याप’ भएका कम्पनीहरु बढी चर्चामा आउँदा लार्ज क्याप भएका कम्पनीहरु छायाँमा पर्न थालेको विष्ट बताउँछन् । ‘बजारमा यतिबेला लगानीकर्ताहरुले समूह बनाएर लो क्याप भएका कम्पनी चलाउने ट्रेण्ड छ । जसले गर्दा लार्ज क्याप भएका कम्पनी वा बैंकहरु छायाँमा परेको अवस्था छ’ उनले भने, ‘बैंकहरुको सेयरभाउ खासै घटबढ नहुने भएकाले पनि अल्पकालिन लगानीकर्ताहरुले वाणिज्य बैंकको सेयर खरिद गर्न चाहँदैनन् । ’

घरजग्गा कारोबार सुस्ताउँदा पनि यसको प्रत्यक्ष असर सेयरबजारमा पर्न गएको विष्टको भनाई छ । ‘घरजग्गा कारोबार सोचेजस्तो हुन नसक्दा ठूला ब्यापारी तथा लगानीकर्ताहरुले आफुसँग भएको बैंकको सेयर बिक्री गर्न थालेका छन्’ उनले भने, ‘क्लोजिङको समय छ, लगानीकर्ताहरुलाई बैंकको ब्याजदर तिर्न बैंकको सेयर बेच्नुपर्ने अवस्था छ । घरजग्गा कारोबार ठप्प जस्तै हुँदा लगानीकर्तालाई आफूसँग भएको सेयर बेच्नुबाहेक अरु विकल्प छैन, यसकारण यसको असर सिँधै बैकिङ्ग समूहको सेयरमा देखिएको हो ।’

चालु आवको तेस्रो त्रैमाससम्ममा हाइड्रो सेक्टरका लगानीकर्ताले पनि १.७२ प्रतिशतसम्म गुमाएका छन् । गत आवको नौ महिनासम्म २५२५.३६ विन्दुमा रहेको हाइड्रो इन्डेक्स चालु आवको यस अवधिसम्म २४८१.८२ विन्दुमा कायम भएको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.