बुधबार, कार्तिक ७,२०८१ 08:01:55
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:55
IME remit
Global IME Bank Limited

सेयर बजारमा नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको लगानी १५२% ले बढ्यो, अन्य क्षेत्रमा कति ?

Hyundai Nepal
सेयर बजारमा नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको लगानी १५२% ले बढ्यो, अन्य क्षेत्रमा कति ?
Nabil Bank Limited

काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ३७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा ३७ अर्ब २० करोड ८३ लाख रुपैयाँ लगानी गरेका हुन् ।

पुनर्बीमा कम्पनीहरुको यो लगानी अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २४.९८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म दुई पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा २९ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ लगानी गरेका थिए ।  

नेपाल रि र हिमालयन रि इन्स्योरेन्सले लगानीको दायरा बढाएपनि यी दुबै कम्पनीले लगानी विविधिकरणमा जोड दिन भने सकेका छैनन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई विभिन्न क्षेत्रको अध्ययन गरी लगानी गर्न निर्देशन दिएपनि बीमा कम्पनीहरु भने बैंकको मुद्दती निक्षेपमा लगानी गर्न बढी केन्द्रीत छन् ।  

प्राधिकरणले बीमा कम्पनीको लगानीलाई विशेष प्राथमिकतामा राख्दै लगानी निर्देशिकामार्फत लगानीको दायरा समेत बढाएको छ । तर पुनर्बीमा कम्पनीहरुको केही क्षेत्रमा भने लगानी शुन्य छ । सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेञ्चर र ऋणपत्र, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, घरजग्गा कारोबार र अन्य लगानी शुन्य छ ।  

गत वर्ष लगानी शुन्य रहेको घरजग्गा कारोबार क्षेत्रमा पुनर्बीमा कम्पनीहरुको लगानी यसपटक पनि शुन्य नै छ । देश आर्थिक मन्दीको चपेटामा परेसँगै घरजग्गा कारोबार ठप्प जस्तो नै छ । घरजग्गाको उल्लेख्य कारोबार नहुँदा बीमा कम्पनीहरु यस्तो क्षेत्रमा लगानी गर्न डराईरहेका छन् । अधिकांश बीमा कम्पनीहरु मुद्दती निक्षेपमा लगानी गर्न बढी केन्द्रीत छन् । बैंकको मुद्दती निक्षेपमा लगानी गर्दा अन्य क्षेत्रमा जस्तो लगानी डुब्ने जोखिम नहुने र लगानी थोरै भएपनि ब्याज आम्दानी हुने भएकाले बढी यो क्षेत्रमा केन्द्रीत भएको बीमा कम्पनीका सीईओहरुको भनाई छ ।  

पुनर्बीमा कम्पनीहरुले पनि तेस्रो त्रैमाससम्म सर्वाधिक मुद्दती निक्षेपमा नै लगानी गरेका छन् । यस्तो क्षेत्रमा मात्रै हिमालयन र नेपाल रि को लगानी ३० अर्ब ९८ करोड ३१ लाख रुपैयाँ लगानी छ । अर्थात् कुल लगानीको ८३.२६ प्रतिशत लगानी मुद्दती निक्षेपमा मात्रै रहेको छ ।  

बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम पुनर्बीमा कम्पनीहरुले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा कुल लगानीको ३० प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ ।  

त्यस्तै, नेपाल रि र हिमालयन रि ले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था बमोजिम चैत मसान्तसम्म यस्तो क्षेत्रमा ३ अर्ब १५ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, सेयरबजार तथा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा हिमालयन रि र नेपाल रि को कुल १ अर्ब ४८ करोड ६० लाख रुपैयाँ लगानी रहेको छ । यो लगानी गत आवको यस अवधिसम्मको तुलनामा १५२.३२ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म दुई पुनर्बीमा कम्पनीले सेयरबजारमा कुल ५८ करोड ८९ लाख रुपैयाँ मात्रै लगानी गरेका थिए । हालसम्म पुनर्बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ ।  

प्राधिकरणले केही महिनाअघि पब्लिक कम्पनीको साधारण सेयर अर्थात सेयरबजारमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर हालसम्म उक्त निर्देशिका लागू भइसकेको भने छैन ।  

Bizshala
Shivam Cement
CG Motors

त्यस्तै, दुई पुनर्बीमा कम्पनीको अन्य संस्थापक सेयरमा कुल ६८ करोड २४ लाख रुपैयाँ लगानी रहेको छ । यता सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा भने हिमालयन र नेपाल रि इन्स्योरेन्सको ५० करोड ७२ लाख रुपैयाँ लगानी छ ।  

क्षेत्रगत लगानी कुनको कति ?

तुलनात्मक रुपमा हिमालयन रि भन्दा नेपाल पुनर्बीमा कम्पनीले बढी लगानी गरेको तथ्याङ्ककले देखाएको छ । चालु आवको तेस्रो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनीले मात्रै विभिन्न क्षेत्रमा २० अर्ब ६२ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ ।  

यता हिमालयन रि इन्स्योरेन्सले भने तेस्रो त्रैमाससम्म १६ अर्ब ५८ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । कुल लगानीमा ५५.४३ प्रतिशत हिस्सा नेपाल रि को रहेको छ भने ४४.५७ प्रतिशत हिस्सा हिमालयन रि इन्स्योरेन्सको रहेको छ ।  

क्षेत्रगत रुपमा नेपाल पुनर्बीमा कम्पनीले हिमालयन रि को तुलनामा बढी लगानी गरेपनि गत आवको तुलनामा भने हिमालयन रि इन्स्योरेन्सले लगानीको दायरा बढाएको छ ।  

नेपाल रि इन्स्योरेन्सले गत आवको तुलनामा ०.४४ प्रतिशतले लगानीको दायरा उल्टै घटेको देखिन्छ । गत आवको नौ महिनासम्म सो कम्पनीले विभिन्न क्षेत्रमा २० अर्ब ७१ करोड रुपैयाँ लगानी गरेको थियो ।  

हिमालयन रि इन्स्योरेन्सले भने गत आवको तुलनामा ८२.९८ प्रतिशतले लगानी बृद्धि गरेको छ । गत आवको यस अवधिसम्म कम्पनीले सूचीकृत सेयर, मुद्दती निक्षेप, अग्राधिकार सेयर तथा अन्य क्षेत्रमा ९ अर्ब ६ करोड रुपैयाँ मात्रै लगानी गरेको थियो ।  

सूचीकृत सेयरमा भने यी दुबै कम्पनीको लगानी १ अर्ब ४८ करोड ६० लाख रुपैयाँ रहेको छ । जसमा नेपाल पुनर्बीमा कम्पनीको ५८ करोड ८९ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ८९ करोड ७० लाख रुपैयाँ लगानी छ । सेयरबजारमा भने हिमालयन रि इन्स्योरेन्सले आफ्नो लगानीमा फड्को मारेको छ ।  

गत आवको तेस्रो त्रैमाससम्म भने सेयरबजारमा नेपाल पुनर्बीमा कम्पनीले मात्रै ५८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको थियो । चालु आर्थिक वर्षमा हिमालयन रि इन्स्योरेन्सले सूचीकृत सेयरमा ८९ करोड भन्दा बढी लगानी गरेकाले पनि यो क्षेत्रको लगानी उल्लेख्य वृद्धि भएको देखिएको हो ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.