Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

सीजी मोटर्सद्वारा काठमाण्डौमा नयाँ एयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन

Hyundai Nepal
सीजी मोटर्सद्वारा काठमाण्डौमा नयाँ एयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन
Nabil Bank Limited

काठमाण्डौ । जीएसी मोटर्सको अधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाण्डौको थापाथलीमा नयाँ शोरुम उद्घाटन गरेको छ। शोरुमको उद्घाटन चिनियाँ राजदूत छेन सोङ्ग, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी, सीजी मोटर्सका एमडी निर्वाण चौधरी, जीएसी ईन्टरनेशनलका उप महाप्रवन्धक स्टिभेन वाङ, जीएसी एयोनको अन्तर्राष्ट्रिय व्यवसाय विभागका डाइरेक्टर छेन वान, एसिया क्षेत्रका जीएम साम छु, जीएसी एयोनको जीएम अफिसका स्पेशलिस्ट डुमिङ यी, प्रोजेक्ट म्यानेजर वुयीवेइ र एशियाका मार्केटीङ प्रबन्धक, ग्रेस निउले आज संयुक्त रुपमा गरेका हुन् । 

शोरुम उद्घाटनसँगै एयोन एस र हाईपर ईएसको पनि अनावरण भएको छ । चीनमा मात्र नभई विश्वभर नै धेरैले मन पराएका एसयुभीको नेपालमा पनि बिक्री वितरण सुरु भइसकेको छ। आधनिुक, सुरक्षित र आरामदायी अनुभवको संयोजन रहेको एयोन वाईमा १०० किलोवाट मोटर रहेको छ । जसले २२५ एनएमको अधिकतम टर्क प्रदान गर्छ । यसको लिथियम–आयरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ किलोवाट आवर छ । जसमा ६.६ किलोवाट चार्जरको सुविधा छ। एक फुल चार्जमा यो ईभीले ५०० किमी भन्दा बढीको रेञ्ज प्रदान गर्छ र यसमा म्यागजिन ब्याट्री पनि रहेको छ।

Shivam Cement
Sagarmatha Cement

एयोन वाईको अगाडि र पछाडि, दुवै चक्कामा डिस्क ब्रेक छ र यसको ग्राउन्ड क्लियरेन्स १८३ मिमि छ। एयोन वाईमा १७ इन्चको एल्यमिुनियम आलोय पाङ्ग्राहरू, एलईडी डेटाइम रनिङ लाइटहरू, फोल्डिङ साइड मिररहरू, र पानीको सेन्सर भएको वाइपरहरू सहितको विभिन्न सविुधाहरू छन । यसमा पानोरमिक सनरूफ, एम्बिएन्ट लाइटिङ, र ४०५ लिटरको विशाल बुट पनि छ । जसलाई १२०० लिटरसम्म बढाउन सकिन्छ।

एयोन वाईमा सुरक्षालाई विशेष ध्यान पुर्याइएको छ। गाडीमा ८ वटा एयरब्याग, अगाडिका साइड एयरब्यागहरू, साइड कर्टेन एयरब्याग, र अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक पाउन सकिन्छ। गाडीमा  १०.२५ इन्च इन्स्ट्रुमेन्ट प्यानल, मल्टि–इन्फर्मेसन डिस्प्ले, र १४.६ इन्च टच स्क्रिन डिस्प्ले रहेको छ। यसबाहेक, एचडी भिजन पार्किङ सिस्टम, कि लेस इन्ट्री, र ३६० एचडी भ्यू क्यामेरा सिस्टम अन्य थुप्रै सुविधाहरू छन् । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.