Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

मुद्दतीमा निक्षेप राख्दै पैसा कमाउँदै जीवन बीमा कम्पनी, सेयरबजारमा ३१.६९% ले बढ्यो लगानी

Hyundai Nepal
मुद्दतीमा निक्षेप राख्दै पैसा कमाउँदै जीवन बीमा कम्पनी, सेयरबजारमा ३१.६९% ले बढ्यो लगानी
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले कुन क्षेत्रमा कति लगानी गर्न पाउने भनि सिमा समेत निर्धारण गरिदिएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले सरकारको बचतपत्र तथा ऋणपत्र, सूचीकृत सेयर, संस्थापक सेयर, म्युचुअल फण्ड, शिक्षा, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा साढे ६ खर्ब रुपैयाँ लगानी गरेका छन् । 

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विभिन्न क्षेत्रमा ६ खर्ब ६० अर्ब १२ करोड रुपैयाँ भन्दा बढी लगानी गरेका हुन् । यो लगानी गत आर्थिक वर्षको तुलनामा २१.४७ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म जीवन बीमा कम्पनीहरुको लगानी ५ खर्ब ४३ अर्ब ४६ करोड रुपैयाँ थियो । जीवन बीमा कम्पनीहरुले गरेको क्षेत्रगत लगानीअन्तर्गत इन्भेष्टमेन्ट कम्पनीको सेयरमा गरेको लगानी बाहेक सबै क्षेत्रको लगानी गत आवको तुलनामा बृद्धि भएको छ । 

गत आवको यस अवधिसम्म ५७ करोड १६ लाख रुपैयाँ रहेको इन्भेष्ट कम्पनीको सेयरमा लगानी चालु आवको यस अवधिसम्म ७.८९ प्रतिशतले घटेर ५२ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय बृद्धिसँगै लगानीको दायरा समेत बढाएका छन् । सर्वाधिक सूचीकृत नभएको अन्य पब्लिक कमपनीको सेयरमा जीवन बीमकले ७०५.०७ प्रतिशतले लगानी बृद्धि गरेका छन् । गत आवको तेस्रो त्रैमाससम्म ७ करोड ६५ लाख रुपैयाँ लगानी गरेको यस्तो क्षेत्रको लागि चालु आवको यस अवधिसम्म बढेर ६१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणले पटक–पटक बीमा कम्पनीहरुलाई लगानी विविधिकरण गर्न निर्देशम समेत दिदै आइरहेको छ । 

अन्य क्षेत्रको अध्ययन गरि लगानीको लागि दायरा फराकिलो बनाउन बीमा कम्पनीलाई निर्देशन दिएपनि बीमकहरु अन्य क्षेत्रमा लगानी गर्न डराइरहेका छन् । अधिकांश बीमा कम्पनीहरु बैंकको मुद्दती निक्षेपमा लगानी गर्न केन्द्रीत छन् । अन्य क्षेत्रको तुलनामा मुद्दती निक्षेपमा लगानी गर्दा रिस्क कम हुने भएकाले बीमा कम्पनीहरु यस्तो क्षेत्रमा लगानी गर्न बढी होम्मिन्छन् । जीवन बीमा कम्पनीहरुले पनि चालु आवको तेस्रो त्रैमाससम्म सर्वाधिक बैंकको मुद्दती निक्षेपमा नै लगानी गरेको देखिन्छ । 

सो अवधिसम्म १४ जीवन बीमकले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थामा ५ खर्ब ५ अर्ब ७५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । जुन यो कुल लगानी रकमको ७६.६१ प्रतिशत रकम हो । मुद्दती निक्षेपमा गरेको लगानी गत आवको तुलनामा १९.९५ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म जीवन बीमकले मुद्दती निक्षेपमा ४ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका थिए । नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम बीमा कम्पनीले क वर्गको बैंकमा र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको न्यूनतम ३० प्रतिशतसम्म रकम लगानी गनुपर्ने व्यवस्था छ । 

त्यस्तै, ख वर्गको बैंकमा १० प्रतिशत र ग वर्गको वित्तीय संस्थामा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । 

Shivam Cement
Sagarmatha Cement

सेयरबजारमा १५ अर्ब रुपैयाँ लगानी  

बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा १० प्रतिशतसम्म रकम लगानी गर्न पाउने व्यवस्था छ । बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी जीवन बीमकको लगानी निर्देशिका संसोधन गर्दै सूचीकृत पब्लिक कम्पनीको सेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ । तर हालसम्म पनि उक्त निर्देशिका भने लागू भइसकेको छैन । 

चालु आवको तेस्रो त्रैमाससम्म १५ जीवन बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको सेयरमा १५ अर्ब ९ करोड रुपैयाँ लगानी गरेको छ । यो लगानी गत आवको तुलनामा ३१.६९ प्रतिशत बढी हो । गत आवको यस अवधिसम्म जीवन बीमकले सेयरबजारमा ११ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेका थिए । चालु आवको तेस्रो त्रैमाससम्म सूचीकृत पब्लिक कम्पनीको सेयरमा सर्वाधिक नेपाल लाइफले लगानी गरेको छ । कम्पनीले सेयरबजारमा २ अर्ब ८६ करोड रुपैयाँ सेयरबजारमा लगानी गरेको छ । यसका साथै हिमालयन लाइफले पनि यस्तो क्षेत्रमा २ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेको छ । 

यसका साथै राष्ट्रिय जीवन बीमा कम्पनीले २ र्ब १५ करोड, नेशनल लाइफले ४९ करोड ९३ लाख, नेपाल लाइफले २ अर्ब ८६ करोड, एलआइसी नेपाललले १ अर्ब ४६ करोड, एशियन लाइफले ८६ करोड ६३ लाख, आइएमई लाइफले ५६ करोड ५३ लाख, सन नेपाल लाइफले ९० करोड ८३ लाख, रिलायबल नेपाल लाइफले ७७ करोड ८५ लाख, सिटिजन लाइफले १५ करोड ४० लाख, सुर्यज्योति लाइफले ८४ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफले ३८ करोड ८१ लाख र प्रभु महालक्ष्मी लाइफले ७६ करोड ४५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.