Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

आज बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

Hyundai Nepal
आज बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो ।  

तरलता बढेपछि अहिले अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेको छ । जसका कारण राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा झिक्ने क्रम बढाएको छ । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।  

Shivam Cement
Sagarmatha Cement

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो १२ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । राष्ट्र बैंकले जेठ महिनामा मात्रै यो समेत गरी पाचौंपटक निक्षेप संकलन गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.