Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

एआईले सबैको रोजगारी खोस्नेछ र यो चिन्ताको विषय होइनः एलन मस्क

Hyundai Nepal
एआईले सबैको रोजगारी खोस्नेछ र यो चिन्ताको विषय होइनः एलन मस्क
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी धनाढ्य तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले कृत्रिम बौदिकता(एआई)ले मानिसको सबै रोजगारी खोस्ने र यो चिन्ताको विषय नभएको बताएका छन् । मस्कले बिहिबार एआईसम्बन्धी प्रविधि सम्मेलनमा यस्तो बताएका हुन् ।  

पेरिसमा भएको ‘भिभाटेक २०२४’मा वेवक्याममार्फत बोल्दै मस्कले भविष्यमा कामहरु वैकल्पिक हुने बताएका छन् । ‘भविष्यमा सायद हामी कसैसँग पनि काम हुने छैन । यदि तपाई काम गर्न चाहनुहुन्छ भने त्यो केवल रुची(हबी) मात्रै हुनेछ । अन्यथा एआई र रोबोटले तपाईले चाहेका सबै वस्तु र सेवाहरु उपलब्ध गराउनेछ,’ मस्कले भने ।  

तर यो अवस्थामा काम गर्नका लागि भने विश्वभर उच्च आम्दानी हुन आवश्यक भएको मस्कले बताए ।  

पछिल्लो समय एआईको क्षमता तीव्र गतिमा  वृद्धि भईरहेको छ । एआईको यो छलाङले नियामक, कम्पनी तथा उपभोक्ताहरुलाई जिम्मेवारपूर्ण रुपमा कसरी एआईको प्रयोग गर्न सकिन्छ भन्ने अन्यौला सिर्जना गरिदिएको छ । एआईको बढ्दो प्रभावले विश्वभरका उद्योग र रोजगार क्षेत्रलाई कस्तो प्रभाव पार्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ ।  

Shivam Cement
Sagarmatha Cement

गत जनवरी महिनामा एमआईटीका अनुसन्धानकर्ताहरुले वर्कप्लेसहरुले एआईको प्रयोग अपेक्षा गरिएभन्दा सुस्त दरमा अपनाईरहेको रिपोर्ट सार्वजनिक गरेका थिए । उक्त रिपोर्टमा एआईले प्रभाव पार्न सक्ने भनिएका सम्भावित कामहरु रोजगारदाताहरुका लागि आर्थिक रुपमा फाइदाजनक नभएको जनाइएको थियो ।  

विज्ञहरुले पनि उच्च भावनायुक्त बौदिकता र मानव अन्तरक्रिया आवश्यक पर्ने कामहरुलाई एआईले प्रतिस्थापन गर्न नसक्ने दाबी गरेका छन् । मानसिक स्वास्थ्य विज्ञ,सिर्जनात्मक कार्य र शिक्षकहरुको काम एआईले प्रतिस्थापन गर्न नसक्ने विज्ञहरुले बताएका छन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.