बुधबार, असार १८,२०८२ 06:11:40
  • बुधबार, असार १८,२०८२ 06:11:40
Global IME Bank Limited

डाउ थेउरीमा हायर–हाई बनाउँदै अघि बढेको बजारको अबको यात्रा कतातर्फ ?

Hyundai Nepal
डाउ थेउरीमा हायर–हाई बनाउँदै अघि बढेको बजारको अबको यात्रा कतातर्फ ?
Nabil Bank Limited

 

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो ।  यो साता कारोबार भएको ४  दिनमा बजार ४ दिन नै बढ्यो । अघिल्लो साता २०१८.७६ को विन्दुमा बन्द भएको बजार यो साता २१३१.४९ विन्दुमा बन्द भएको छ । यस हिसावले यो साता सेयर बजारमा ११२.७३ अंकले बजारमा बढोत्तरी आएको छ । अघिल्लो साता  बजार ५२.५३ अंकले बढेको थियो । यस हिसावले २ सातामा बजार १६५.२६ अंकले बढेको छ । यो साता दोस्रो बजारमा २१.९९ अर्बको कारोबार भएको छ ।  

अघिल्लो साता सेयर बजारमा १८.५९ अर्बबराबरको कारोबार भएको थियो  । यस हिसावले यो साता पनि दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबै बढेको छ । यो साता बजार पूँजीकरण ३३ खर्ब १८ अर्ब पुगेको छ । अघिल्लो साता बजार पूँजीकरण ३२.१८ खर्ब रहेको थियो । यस हिसाबले यो साता बजार बढ्दा बजार पूँजीकरण पनि १ खर्ब ६१ अर्बले बढेको छ  ।  

प्राविधिक पक्षः  

डाउ थेउरीको आधारमा  

पछिल्लो पटकको बजारलाई डाउ थेउरीबाट नियाल्दा गत वर्षको माघ ३ गते बजार उच्च विन्दु २२१५ बाट खसेको थियो । त्यहाँबाट खसेको बजारले तीनपटक १९५० को विन्दुमा सपोर्ट लिएर ट्रिपल बटम बनायो । अर्थात बजारे यो बिन्दुलाई बलियो सपोर्टको विन्दु बनाएको छ । पछिल्लो पटक १९५० बाट माथि लागेको बजारले यो साता २०४० को विन्दुबाट माथि लागेर डाउ थेउरीमा नयाँ हायर–हाई बनाएको छ । अर्को कोणबाट बजारलाई नियाल्दा यहाँनेर बजारले डबल बटम पनि निश्चित गरेको छ । यस हिसाबले यो साता बजार २०४० बाट माथि लागेर दिशा परिवर्तन गर्न खोजेको देखिन्छ । यसको अर्थ यो साता २१३१ विन्दुमा बन्द भएको बजार हायर हाई र हायर लोका सिरिज बनाउँदै अप ट्रेन्ड लिन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङगर ब्याण्ड म्याक्डी र आरएसआई  

डेली बेसमा बजारलाई बोलिङगर ब्याण्डको आधारमा हेर्दा यो साता बजार अपर ब्याण्डसँगै हिडेको छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दुरी बढेकोले बजारमा उच्च भोलाटिलिटी देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ७५ मा पुगेको छ । अघिल्लो पटक  यस्तो विन्दु ८० को तहमा पुगे पछि बजारमा करेक्सन आएको थियो । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा आगामी साता केही दिनको बढोत्तरी पछि सामान्य नाफा बुक हुन सक्छ ।  

पिभट् प्वइन्ट  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२१४४

प्रतिरोध २ –२०७५

प्रतिरोध १– २०५०

पिभट प्वइन्टः २००२

घटेमा सपोर्ट  

सपोर्ट १– १९५७

सपोर्ट २– १९०८

सपोर्ट  ३ –१८६४

निष्कर्ष ः अघिल्लो साता ५२ अंकले बढेको बजारमा यो साता ११२.७३ अंकले सुधार आएको छ । गएको २ सातामा भने बजार १६५ अंकले बढ्यो । यो बीचमा कारोबार पनि सुधार आएको छ । बजारमा यो साता करिब २२ अर्बको सेयर कारोबार भयो । यस हिसावले हेर्दा लामो समय घटेको बजारमा यो साता कारोबार र सूचक दुबैमा सुधार आएको छ । प्राविधिक रुपमा पनि यो साता बजारको अवस्था राम्रो देखिएको छ । यो साता बजारले २०४० को विन्दुलाई ब्रेक गरेर माथि लागेर नयाँ हायर हाई बनाएको छ । अर्थात यहाँबाट बजारले आफ्नो क्यारेक्टर चेञ्ज गरेको छ । यो साता २१३१ विन्दुमा मा बन्द भएको बजारमा आगामी दिनमा पनि बढोत्तरी आउँछ भने बजारले २१७० देखि २१९० विन्दुमा प्रतिरोधको सामाना गर्न सक्छ  । त्यहाँ  बाट पनि माथि लाग्छ भने अर्को प्रतिरोध बजारले २२४० आसपासमा लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.