Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

भुटान आर्थिक रुपमा असफल भयो, अब पालो ग्रस नेशनल ह्याप्पीनेश २.० को: प्रधानमन्त्री छिरिङ तोग्बे

Hyundai Nepal
भुटान आर्थिक रुपमा असफल भयो, अब पालो ग्रस नेशनल ह्याप्पीनेश २.० को: प्रधानमन्त्री छिरिङ तोग्बे
Nabil Bank Limited

काठमाण्डौ । भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले भुटान आर्थिक रुपमा असफल भएको बताएका छन् । सीएनबीसीसँगको अन्तवार्ताको क्रममा नवनिर्वाचित प्रधानमन्त्री तोग्बेले यस्तो बताएका हुन् ।  

‘हामी एकदमै सावधानीपूवर्क र पुरातन सोचले अघि बढ्यौं । त्यसैले हामी पछि पर्यौं,उनले भने,‘एउटा कोणबाट हेर्दा हामी असफल भएका छैनौं । तर सामाजिक प्रगतिको क्षेत्रको कोणबाट हेर्दा भने हामी आर्थिक रुपमा असफल भएका छौं ।’ तोग्बेले भने ।  

उनले भुटानको अर्थतन्त्रलाई सामाजिक प्रगति,वातावरण संरक्षण,सांस्कृतिक जगेर्ना र सुशासनसँगै दिगो,समानता र सन्तुलित तरिकाले अघि बढाइने बताए । उनी भन्छन्,‘ यी क्षेत्रहरुमा हामीले कसैले कल्पना नगरेभन्दा पनि धेरै सफलता पाएका छौं ।’

उनले उक्त अवसरमा यसअघि अपनाइएका सिद्धान्तहरु एकपक्षिय भएको समेत बताएका छन् ।   

Shivam Cement
Sagarmatha Cement

यस्तै तोग्बेल भुटानले ‘ग्रस नेशनल ह्याप्पीनेश २.०’ माथि काम गरिरहेको बताए । विश्वभर भुटानको ‘ग्रस नेशनल ह्याप्पीनेश’ नागरिकको विकाससँगै सन्तुलित आर्थिक वृद्धिका चर्चित छ ।  

तर पछिल्लो समय प्रधानमन्त्री जिग्मेले ‘ग्रस नेशनल ह्याप्पीनेश २.०’बारे चर्चा गर्न सुरु गरेका छन् । तोग्बेका अनुसार भुटानले सामना गरिरहेको आर्थिक संकटबाट पार पाउन ग्रस नेशनल ह्यापिनेशमाथि पुनर्विचार गर्दै केहि परिवर्तन गर्ने तयारी भईरहेको छ ।  

भुटानमा अहिले रहेको ३० प्रतिशत बेरोजगारी दर र प्रत्येक ८ जनामा एक जना गरीब भएको अवस्थामा ग्रस नेशनल ह्याप्पीनेशको सारमा परिवर्तन गर्ने तयारीमा भुटान लागेको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.